@arthav089: विमानको ककपिटभित्रै दुई पाइलटबीच कुटाकुट! 😳✈️ विवादले उग्र रूप लिएपछि दुबईबाट तेल अविव जाँदै गरेको भनिएको फ्लाई दुबईको विमान साउदी अरबमा आपत्कालीन अवतरण गर्नुपरेको खबर। यात्रुको सुरक्षा र विमानको जिम्मेवारी बोकेका व्यक्तिबीच नै यस्तो घटना हुनु गम्भीर विषय हो। #FlyDubai #PilotFight #EmergencyLanding #AviationNews #dubainews

Arthav09🇳🇵
Arthav09🇳🇵
Open In TikTok:
Region: AE
Thursday 01 October 2026 01:35:07 GMT
21434
325
2
10

Music

Download

Comments

mithu.chuhan7
tttttttttttt5 tttttttttttttt :
🙏🙏🙏🙏
2026-10-01 05:51:56
0
ajayshah149
sha Ajay :
हामी प्राय चलचित्र वा डकुमेन्ट्री लाई केवल मनोरञ्जनका लागि वा समय बिताउने माध्यम मात्र ठान्छौँ तर आज दुबई बाट इजरायल तर्फ आएको हवाईजहाज अपरहरण गर्न खोज्दा एक यात्रि ले एयर क्र्यास इन्भेस्टिगेशन' (Air Crash Investigation) (documentary) हेरेको ज्ञानले पनि हवाइजहाज लाइ सुरक्षित अवतरण गराउन सफल भयो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र बहादुर यात्रु यानिब हायोन (Yaniv Hayoun) बीच बेन गुरियन विमानस्थलमा भएको कुराकानीको भिडियो संवादको नेपाली अनुवाद ।। विमानस्थलमा ओर्लिने बित्तिकै यानिब आफ्नो रगत लागेको टिसर्टसहित प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। प्रधानमन्त्री नेतान्याहू: (यानिबलाई अंकमाल गर्दै र धाप मार्दै) "यानिब, तिमी साँचो अर्थमा एक नायक हौ! तिमी एउटा सिंह हौ, निकै ठूलो नायक!" यानिब हायोन: "धन्यवाद प्रधानमन्त्री ज्यू। जब म ककपिट भित्र जबरजस्ती छिरेँ, त्यहाँको दृश्य डरलाग्दो थियो। घाइते मुख्य पाइलट ढोका निरै ढलेका थिए, जसले गर्दा सुरुमा ढोका खोल्न गाह्रो भयो। जब म भित्र पुगेँ, मैले ती आतंकवादीलाई दुईवटा सिटको बीचमा विमानको कन्ट्रोल (नियन्त्रण प्रणाली) माथि बसिरहेको देखेँ। सिटमा कुनै पनि पाइलट थिएनन्।" प्रधानमन्त्री नेतान्याहू: "त्यो बेला उसले (आक्रमणकारीले) के गरिरहेको थियो?" यानिब हायोन: "उनी विमानलाई पूर्ण रूपमा सिध्याउनका लागि कन्ट्रोलहरू (Yokes) नष्ट गर्ने प्रयास गरिरहेका थिए। मैले तत्कालै ती आतंकवादीको घाँटी अठ्याएँ र उनलाई घिसार्दै ककपिटबाट बाहिर निकालेँ। त्यसपछि मैले बाहिर रहेका अन्य इजरायली साथीहरूलाई 'यसलाई दह्रोसँग समातेर राख' भन्दै कराएँ।" यानिब हायोन: (थप विवरण दिँदै) "त्यतिबेला विमान एकदमै खतरनाक तरिकाले एकातिर कोल्टिएको थियो र तल खसिरहेको थियो। म तुरुन्तै फेरि ककपिट भित्र दौडिएर पसेँ र विमानको कन्ट्रोल (Yokes) लाई आफ्नो तर्फ जोडले तान्न थालेँ। मैले ती कन्ट्रोलहरूलाई पछाडि तानेर विमानलाई सिधा बनाउने प्रयास गरेँ। म विमान दुर्घटनासम्बन्धी डकुमेन्ट्री शो) हेर्ने गर्थें, त्यसैले मलाई कन्ट्रोल कसरी तान्नुपर्छ भन्ने थोरै आइडिया थियो (हाँस्दै)। मैले तानेपछि विमान बिस्तारै सिधा (Level out) हुन थाल्यो र त्यसपछि घाइते पाइलटले मलाई 'अब म नियन्त्रण सम्हाल्छु' भनेर भने।" प्रधानमन्त्री नेतान्याहू: (गम्भीर हुँदै) "तिमीले र विमानमा रहेका अन्य इजरायलीहरूले देखाएको यो अदम्य साहस र बुद्धिमत्ताले आज सयौँ मानिसहरूको ज्यान जोगिएको छ। पूरै देशलाई तिमीप्रति गर्व छ।"
2026-10-01 02:52:11
1
To see more videos from user @arthav089, please go to the Tikwm homepage.

Other Videos


About