@tori_lahure_official123: काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका निम्ति आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । गोठ निर्माणका निम्ति निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ । विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । नयाँ भवन ऐन तथा नियमावलीमा मध्यम आय भएका नागरिकका निम्ति सुरक्षित, भूकम्प प्रतिरोधात्मक तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल ९०० देखि एक हजार ३०० वर्गफिटसम्म हुने प्रस्ताव गरिएको छ । नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा पाँच लाख अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ । १० लाख अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प समेत प्रस्ताव गरिएको छ । निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । #creatorsearchinsights #smarthome #smarthousenepal #balenshah #smartghar

ToRi_LaHuRe_official123
ToRi_LaHuRe_official123
Open In TikTok:
Region: SA
Sunday 04 October 2026 23:55:46 GMT
415772
22986
707
1741

Music

Download

Comments

ranjuacharya007
ranju acharya :
Lau na ma pani ktm ma Ghar banana chahanxu brt ma basda dikka Bhai sake
2026-10-05 14:41:13
0
bijaymaden67
bijaymaden67 :
wow awesome video
2026-10-05 17:22:50
0
mmmyyy24129
c bt :
very good sir👌👌👌👌👌❤❤❤❤❤❤
2026-10-05 05:59:45
0
rita.chaudhari1
Rita Chaudhari :
[Heartwarming][Heartwarming][Tears of joy][Heartwarming][Heartwarming]
2026-10-05 14:25:40
0
ambe_kharel
कान्छी🌸 :
सबै ठाउँमा हुनुपर्यो यो व्यवस्था काठमाडौँमा मात्रै छन् र घरबाट बस्ने सबैतिर छन्।
2026-10-05 03:03:21
37
yamkumarishrest15
yamkumarishrest15 :
right jay nepal 🙏👍️
2026-10-05 15:00:43
0
aaryalovesapana
🦋janu🍁🍁 :
Bharatpur ma ni hunupryo
2026-10-05 16:25:56
2
ramalathakuri45
Ramala Thakuri :
लौन प्लिज मलाई मिलाइदिनु मेराे घर जग्गा केही छैन साचिभनु पर्दा हामी जस्ताे केहि नहुनेले याे सुबिधा पाउदैनौ पनि हाेलाबाेल्दिने काेहि छैन यदि हामी केहिनहुने जस्ताले पाउने हाेभने मलाईनि यकदमै अाबस्यक छ मनि भाडामा बसिराछु 30/35बर्ष भैसक्याे भाडामा बसेकाे
2026-10-05 04:07:07
9
sumighimirekoiral
Sumi Ghimire Koirala :
काठमाडौंमा जग्गा पनि दिनु पारियो नी
2026-10-05 07:25:35
8
purnashah33
purnashah817 :
तपाईले पाइसक्नु भयो त घर
2026-10-05 14:20:01
2
laxmi.thapa..magar
म,, सबै लाई हसाउने 🤣बजै 🤣 :
बुटवल तिर पनि ल्याउनु पर्यो
2026-10-05 16:31:49
2
mina.timilsena.ka
Mina Timilsena Kafle :
घर त बनाउने तर जग्गा चाहियन त
2026-10-05 14:32:53
1
user16520507627277
मि: सागर सिंङगल अन्छङबो :
Garepachhi Nepal Vari Garnuparo Balen Sarkar
2026-10-05 08:56:29
1
bajari.taru
bajaritaru :
जउ नेपाल सरकार ♥️♥️♥️🥰🥰🥰🙏🙏🙏
2026-10-05 11:33:03
0
geta_pandey
gita_pandey :
लौन कसरी होला मलाईनि चनहियमो छ मलाई भाडा तिर्न नि गारो भाछ
2026-10-05 14:08:39
1
resham.magar87
Resham Magar :
horw bro
2026-10-05 00:01:12
3
saraswotilamichha1
saraswati lamichhane saru :
सबै ठाउ मा हुनु पर्छ यो राम्रो काम कानुन
2026-10-05 06:58:57
1
junu.birahi
🥀🎼junu🎼🥀 :
भाडा मै बसेर जिन्दगी आधा भै सक्यो हजुर
2026-10-05 04:45:34
1
laxmishahi414
Laxmi shahi ☺️ :
धेरै धेरै धन्यवाद मनैदेखि धन्यवाद हजुरलाई
2026-10-05 02:44:27
7
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad. ❤️‍🩹❤️‍🩹
2026-10-05 02:09:34
1
shakyalaxmi01
Laxmi shakya :
भाको छनि हजुर🙏🙏🙏
2026-10-05 04:13:29
0
maiyakc70
Maiyaaa k c :
सबै ठाऊमा ल्याउनू पर्छ काठ माडौ मा ्कीन जता ततै कानून🙏🙏🙏
2026-10-05 07:54:17
1
bijayakc533
बिजय सुप्रियाChitwan9746855549 :
कुरा मात्र हाे कि काम पनि हुन्छ कुन कुन एरियामा हाे नया घर काे एरिया ?
2026-10-05 05:40:24
1
kora_kagaz
@Kora_Kagaz :
अब 11000 तिर्न लाई तलब कम्तिमा नि 25000 हुनु जरुरी छ!!!! तलबको बजारभाउ संग तालमेल मिल्ने गरि बढाउ सरकार
2026-10-05 05:12:24
1
rabinakhatri110
Rabina3khatri10 :
२० वर्ष भइसक्यो काठमाडौँमा घरभाडा तिरेर बसेको अब त जिन्दगी पनि भाडाकै घरमा जाला जस्तो भइसक्यो। लौन बालेन सरकार झुपडी भएपनि आफ्नै घरमा बस्ने रहर छ।
2026-10-05 09:06:42
1
To see more videos from user @tori_lahure_official123, please go to the Tikwm homepage.

Other Videos


About