@user1782856523602: #creatorsearchinsights #जीवनमा धेरै मानिसहरू आउँछन् र जान्छन्, तर सबैसँग एउटै सम्बन्ध र आत्मीयता सधैं रहिरहन्छ भन्ने हुँदैन । म कसैसँग नचाहिने अहङ्कार वा घमण्ड बोकेर हिँड्ने मान्छे होइन, तर आफ्नो आत्मसम्मानलाई मारेर कसैको पछाडि लाग्नु मेरो स्वभाव पनि होइन ।यदि कसैले समयसँगै मेरोप्रति आफ्नो सोच, व्यवहार र दृष्टिकोण बदल्छ भने, म उनीहरूसँग बहस गरेर वा आफूलाई सही साबित गर्न स्पष्टीकरण दिएर समय खेर फाल्दिनँ। जसले मेरो उपस्थिति र भावनाको कदर गर्दैन, उनीहरूको जीवनबाट सुटुक्क टाढा हुनु नै उत्तम विकल्प हो। कसैको सोच्ने तरिका बदलियो भन्दैमा आफूलाई गिराउनु छैन, बरु उनीहरूका लागि आफ्नो बाटो नै मोडिदिनु सही लाग्छ। सम्बन्धहरू जबर्जस्ती टिकाइँदैनन् जहाँ सम्मान र विश्वास हुँदैन, त्यहाँ मौनतासहित बाटो छुट्ट्याउनु नै बुद्धिमानी हुन्छ। @aadhuropream🖤 #comment_your_name #osakajapan 🎌