@gekxume:

gek ♱
gek ♱
Open In TikTok:
Region: US
Monday 05 October 2026 23:47:43 GMT
3018
333
2
11

Music

Download

Comments

davidossami
🐞🫦🖤 :
2026-10-08 13:09:14
0
vienine791
Vie9️⃣ :
2026-10-05 23:51:17
0
To see more videos from user @gekxume, please go to the Tikwm homepage.

Other Videos

आदरणीय बुबाआमा, दिदीबहिनी तथा सहयोगी मनहरू,🙏🙏 आज म एउटा असह्य पीडादायी र गम्भीर परिस्थितिमा परेर तपाईंहरू सामु आफ्ना २ वर्ष ९ महिनाका कलिला छोराको जीवन रक्षाका लागि हार्दिक अपिल गर्न बाध्य भएको छु। उनी हाम्रो आँखाको नानी हुन्, तर अहिले उनी आफ्नै शरीरभित्र एउटा भयानक र मौन युद्ध लडिरहेका छन्। भर्खरै मात्र चिकित्सकहरूले उनलाई एकदमै दुर्लभ र ज्यानै लिन सक्ने वंशाणुगत रोग विस्कट–एल्ड्रिच सिन्ड्रोम (Wiskott-Aldrich Syndrome – WAS) भएको पुष्टि गरेका छन्। यो रोगका कारण उनको शरीरले आवश्यक मात्रामा रगतको प्लेटलेट्स (Platelets) बनाउन सक्दैन र उनको रोग प्रतिरोधात्मक क्षमता (Immunity) पूर्ण रूपमा नष्ट भएको छ। उनलाई सामान्य चोट लाग्दा वा लड्दा पनि शरीरभित्र भयानक रक्तस्राव हुने र सानो संक्रमणले पनि ज्यान जान सक्ने उच्च जोखिम छ।  एकमात्र उपचार: बोन म्यारो ट्रान्सप्लान्ट (बोन म्यारो प्रत्यारोपण)  नेपालका चिकित्सकहरूले हामीलाई एउटा ठूलो आशाको किरण देखाउनुभएको छ। भारतका विशिष्ट बाल अस्पतालमा एलोजेनिक हेमाटोपोएटिक स्टेम सेल ट्रान्सप्लान्ट (बोन म्यारो ट्रान्सप्लान्ट) गरिएमा यो रोग शतप्रतिशत निको हुन सक्छ। उनका ६ वर्षीय दाजुको रगतको नमुना (HLA Match र Genetic Test) का लागि प्रयोगशालामा पठाइएको छ। बाबु आफ्ना साना भाइलाई बचाउन आफ्नो स्टेम सेल दिन तयार छन्, तर हाम्रो आर्थिक अवस्था निकै कमजोर छ।  हामी नेपालको एक निम्न-मध्यमवर्गीय परिवार हौँ। डाक्टरहरूको अनुमानअनुसार उपचारमा करिब ५० लाख नेपाली रुपैयाँ वा त्यसभन्दा बढी खर्च हुन सक्नेछ। उपचारको अवधि र जटिलताअनुसार खर्च अझै बढ्न पनि सक्छ।  यो रकम हाम्रो हैसियतभन्दा धेरै गुणा बाहिरको कुरा हो। हामीसँग भएका सम्पूर्ण जायजेथा बेच्दा र आफन्तहरूसँग गुहार माग्दा पनि यसको सानो हिस्सा मात्र जुट्न सक्छ। आफ्नो बच्चालाई बचाउने उपचार छ भन्ने थाहा पाउँदा-पाउँदै पनि पैसाको अभावमा उनलाई गुमाउनुपर्ने हो कि भन्ने डरले हामी दिनरात छटपटाइरहेका छौँ।🙏🙏#pyfツ #bonemarrowtransplant #fyp #viral #foryou @Routine of Nepal banda 🇳🇵 @abhinavbajra11 @Kabita Bhadel @Coolboyyy @Coolboy_is_live @MT 8848 RESTAURANT @Ratna Shiwokoti @Aayuu_69 @Aayuu_69

About