@livyana81317: आमाले दिएको कुरा सधैँ पैसाले किनेको हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरू त्यागेर सन्तानको आवश्यकता पूरा गरेकी हुन्छिन्। हामी ठूलो हुँदै जान्छौँ, आमाको उमेर र त्याग भने चुपचाप बढ्दै जान्छ। आज हामी सफल भएकोमा गर्व गर्छौँ, तर त्यो सफलताको पछाडि आमाका कति अधुरा सपना र अनगिन्ती त्याग लुकेका छन्—सायद हामीले कहिल्यै पूरा हिसाब गर्न सक्दैनौँ। आमाको ऋण तिर्न सकिँदैन, तर आमालाई खुसी राख्ने प्रयास गर्न सकिन्छ। ❤️🩹🌹 #voiceofmilan