@max586654: साउदीका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध गम्भीर उजुरी: खगेन्द्र सुनारसँगको कनेक्सनदेखि पद किनबेचसम्मका आरोप। साउदी अरेबियाका लागि नेपालका प्रस्तावित राजदूत गिरीबहादुर सुनारको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेका बेला उनका विरुद्ध गम्भीर किसिमका आपराधिक गतिविधि र आर्थिक अनियमितताका उजुरीहरू सार्वजनिक भएका छन्। विवादित छवि भएका खगेन्द्र सुनारसँग मिलेर उनले विभिन्न अवैध धन्दाहरू सञ्चालन गरेको आरोप लगाइएको छ। उजुरीमा उल्लेख गरिए अनुसार प्रस्तावित राजदूत सुनारले खगेन्द्र सुनारद्वारा गरिने अवैध असुली तथा आर्थिक अपचलनका सम्पूर्ण गतिविधिहरू व्यवस्थापन गर्दै आएका थिए। यी दुवैको संलग्नतामा राज्यका संवेदनशील पदहरूमा समेत मोलतोल हुने गरेको दाबी गरिएको छ। उजुरीमा उठाइएका प्रमुख विवाद र आरोपहरू: १• राजनीतिक पद तथा प्रहरी बढुवामा चलखेल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने प्रलोभन देखाएर चक्रमान विश्वकर्मासँग ५० लाख रुपैयाँ असुली गरिएको तथा नेपाल प्रहरीका हालका एआईजी डम्बरबहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउनका लागि समेत रकम लिएको गम्भीर आरोप लगाइएको छ। २• हिरासत तोडफोड र पेस्तोल लुटपाट: बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहेका बेला खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरी पेस्तोल नै लुटेर भागेको विवरण उजुरीमा समेटिएको छ। उक्त घटना खगेन्द्रले एक सार्वजनिक पोडकास्टमा समेत स्वीकार गरिसकेका छन्। ३• दलित आन्दोलनको नाममा अवैध असुली: दलित अधिकार आन्दोलनको आडमा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी कालो धन अवैध रूपमा उठाएको र उक्त रकमको व्यवस्थापन गिरीबहादुरले नै गर्दै आएको दाबी गरिएको छ। ४• अदालती प्रमाण नष्ट गरेको आरोप: शक्ति र पहुँचको दुरुपयोग गर्दै जिल्ला अदालतमा खगेन्द्रविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दाको महत्वपूर्ण प्रमाण (अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो) सेटिङ मिलाएर गायब पारिएको र त्यसको सट्टा केवल ३ मिनेटको मात्र अडियो राखिएको आरोप छ। ५• गुण्डागर्दी र धम्की: ठगी गरिएको रकम फिर्ता माग्ने वा उनीहरूका विरुद्ध बोल्ने व्यक्तिहरूलाई गुण्डा नाइके गणेश लामामार्फत धम्क्याउने र तर्साउने गरेको पीडितहरूको भनाइ छ। ६• राजनीतिक दबाब र कूटनीतिक क्षमताको अभाव: कुनै पनि कूटनीतिक अनुभव तथा योग्यता नभएका गिरीबहादुरलाई राजनीतिक भागबण्डाका आधारमा राजदूत बनाउन विभिन्न शक्ति केन्द्र र मन्त्रालयमा पुगेर अनुचित दबाब दिइएको उजुरीमा खुलाइएको छ। अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि धुमिल हुन नदिन यस्ता गम्भीर आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई राजदूत पदमा अनुमोदन नगरियोस् भन्दै संसदीय समितिमा निष्पक्ष छानबिनको जोडदार माग गरिएको छ। #ParliamentaryHearing # #SaudiAmbassadorControversy #foryoupage😳🤔🙏
gnanta hunxa ramro kam garna lai ta jaha bata ne fasi halxa ne naramro kam garna lai po sath dinxa ta manxa haru la gayko bigat ma k vayo vanda ane ahila tatkal ma k vayko.xa vaanra sudarna bato ma lagnu parxa ksai laine jat ko aadar ma hapna chapna ra vartchar ko birudda ama bolda aawaaj lai banda garuna ko lagi fasuna paidna
2026-10-07 03:26:02
0
R.G venture RealEstate Relator :
yo sakkeyo
2026-10-07 03:18:13
0
suryabaniya :
अब संसदीय छनबिन समिती गठन गरेर छानबिन शुरू गर्नु पर्छ
2026-10-07 04:20:37
0
KumarThapaMagar4628 :
सत्यतथ्य के हो छानबिन हुनुपर्छ !!
2026-10-07 03:23:21
0
Kishor Anurag :
अव पदमा वस्ने हैन , सासद त्यागेर खै के गर्नु सघाउने हो
2026-10-07 03:49:12
0
Ishwar Shrestha :
अहिले सामाजिक संजालमा आएका बिषयमा वालेन सरकार चुप लागेर बस्नु हुदैन ।यो सुनार ले गरेको अनैतिक कामले रा स्व पा ध्वस्त हुन सक्छ।
2026-10-07 03:19:44
0
T.Luitel :
Afu clear pani clear hunuparyo ,arulai matra
2026-10-07 04:14:22
0
💕💕आमा 💕💕 :
कहिले पनि अरुलाई मार्छु भनेर चाहिँ नहिड्नु होस्। एकचोटि आफू कस्तो छु भनेर ऐना अगाडि चाहिँ उभिनु नबिर्सिनु होला। खगेन्द्रज्यू🙏🙏🙏🙏