@janapravahatv: #सिन्धुली जिल्ला, कमलामाई नगरपालिका ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठ र सोही स्थानका अर्का व्यक्ति चन्द्रबहादुर खड्काले आपसी मिलेमतोमा सरकारको स्वामित्वमा रहेको ऐलानी जग्गा सामान्य कागजात बनाई बेचबिखन गरेको तथा अन्य व्यक्तिको निजी जग्गासमेत अरूलाई बिक्री गरेको भन्ने आरोप लगाइएको छ। साथै, एक महिलाको पुर्ख्यौली नम्बरी जग्गामा रहेका आँप, लिची, कटहर लगायतका फलफूल वार्षिक ७–८ लाख रुपैयाँमा बिक्री गरी वास्तविक जग्गाधनीलाई कुनै हिस्सा नदिएको दाबी पनि गरिएको छ। आफ्नै जग्गामा जाँदा जग्गाधनीमाथि ज्यान मार्ने उद्देश्यले केही स्थानीय व्यक्तिहरूको संलग्नतामा निर्घात कुटपिट गरिएको भनिएको घटनासम्बन्धी भिडियो प्राप्त भएको दाबी गरिएको छ। यस विषयसँग सम्बन्धित थप प्रमाण तथा तथ्यहरू आउने क्रम जारी रहेको बताइएको छ। साथै, घटनासम्बन्धी कानुनी प्रक्रिया पनि अगाडि बढिरहेको जनाइएको छ। प्राप्त हुने थप तथ्य, प्रमाण र सम्बन्धित पक्षहरूको धारणासहित यस विषयलाई निरन्तरता दिरहनेछौ। यति धेरै व्यक्तिहरू मिलेर एक महिलामाथि अन्याय भएको भन्ने प्रमाणहरू सार्वजनिक भएका छन्।##