@livyana81317: आत्मसम्मान भनेको आफूलाई अरूभन्दा ठूलो ठान्नु होइन, अरूले आफूलाई सानो ठान्दा पनि आफूलाई सानो नठान्नु हो। जीवनमा सबैलाई खुसी पार्न खोज्दा धेरैपटक आफ्नै मन दुखाउनुपर्छ। कसैले माया गर्छ भन्दैमा अपमान सहनु पर्दैन, कसैलाई गुमाउने डरले आफ्नो मूल्य घटाउनु पर्दैन। जहाँ बारम्बार अपमान हुन्छ, त्यहाँ दूरी बनाउनु घमण्ड होइन। जहाँ आफ्नो अस्तित्वको सम्मान हुँदैन, त्यहाँबाट चुपचाप निस्कनु नै आत्मसम्मान हो। ❤️🩹 किनकि अन्ततः सबैलाई साथमा राखेर आफूलाई गुमाउनु भन्दा, केही मानिस गुमाएर भए पनि आफूलाई बचाउनु राम्रो हुन्छ। 🙏 #voiceofmilan #followmeformorecontent