@khagendrasunar84: आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo

khagendra sunar
khagendra sunar
Open In TikTok:
Region: NP
Thursday 08 October 2026 14:42:43 GMT
51295
8032
707
132

Music

Download

Comments

socialbattreydown
Sheitaa Basnet :
हामी छौ है यतिको निडर नेता हामी गुमाउँदैनौं🙏🙏🙏
2026-10-08 15:25:27
205
dpok893
DEEPAK shrestha :
satyako Jeet abase hunexa
2026-10-10 18:03:22
0
manojkumarbk5
Manojkumar Bk :
Keep on going sir right is always right.Right is always single🙏🙏🙏
2026-10-09 16:12:08
1
moktanchyangba66
YATRI~NETRA👁️ :
You are good man be strong 🙏🙏🙏❤️❤️❤️
2026-10-09 20:07:54
2
bikrammgt
ʙɪᴋʀᴀᴍ :
हजुर ले देश को लागी बोलेको हो हजुर को साथ मा भावन र हामी नेपाली जनता छ 🙏🙏🙏🫂🫡🫡🫡🫡🫡
2026-10-08 14:52:04
53
himal.pariyar80
Himal pariyar :
hami sabai sathma xau dai khagendra sunar 👑👑🙏🏼❤️‍🩹🔔
2026-10-09 01:38:07
3
arjunthapa1459
arjunthapa1459 :
khagendra is best leader,
2026-10-10 13:47:12
0
deurupa55
deurupa🇳🇵 :
तर तपाइको साथमा हुनेछन माननीय ज्यु
2026-10-08 15:20:06
20
tejendra999
User977 :
go ahead
2026-10-10 13:32:04
0
gauri.sunar059
Gauri Sunar :
सत्यको आवाज दबाएर दब्दैन सत्यको जित जहिले पनि हुन्छ ६० लाख दलित तपाईंको पछाडि छ।🙏🙏🙏
2026-10-08 15:26:38
32
bimalakarki9797
Bimala Karki🧿🧿🧿 :
nabiraunu nadaraunu agi baddai januhosh yastai damdar bhayara 🫡🫡🫡
2026-10-08 14:54:42
15
hirabasyal77
Hira Basyal🇳🇵🤝🇯🇵 :
very good 👍
2026-10-09 03:30:36
0
mylifemyruls103
❤️my life❤️my daughter❤️ :
सत्यको आवाज दबायर दब्दैन हामी हजुरको साथमा छौ दाई 🙏🙏❤️❤️
2026-10-08 14:59:25
17
premsonisunar92
Prem soni sunar :
Tapai dhukka vyera agadi badnus saathma hami chhaun❤️❤️🙏
2026-10-10 14:12:07
1
kalpana.kalpana083
Kalpana Kalpana :
सत्तेकोजित अब्से हुन्छ हजुर नडराउनुश डटेरल्ड्नुश जन्ता साथ्मा छ जए दलित जए खगेन्द्र जि 💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼💪🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼
2026-10-09 07:23:30
7
arjunkhatri1994
MR_CHETTRI🇳🇵 :
सत्य को जित पक्कै हुन्छ।
2026-10-10 08:20:10
1
topendrasunar2364
🇳🇵🇳🇵𝕋𝕆ℙ𝔼ℕ𝔻ℝ 𝕊𝕌ℕ𝔸ℝ♥️ :
बरु सकिने हो तर अन्याय को बिरुद्ध राम्रो कुरा उठाउनु भयको छ
2026-10-10 11:55:20
2
harishbayeni
निस्वार्थ मान्छे :
हामि तपाईंको साथमा छु
2026-10-08 23:46:56
5
navjootgc
New joot :
खगेन्द्र सहि छन भ्रष्ट आईजिपि लाई तत्काल निलम्बन गरि कारबाही हाेस
2026-10-09 08:19:21
4
viewers7770
Zero Viewers :
तपाईं लाई सबै ले मन् पराएका छन्, राई लिम्बू भन्दा अगाडि दलित लाई हेर्न थालिएको छ, तपाईं ले गर्दा सरी केही गल्ती बोलेछु भने तर नेपालको सत्य यही हो, तपाईं ले गर्दा दलित को सिर उच्च भएको छ।
2026-10-08 18:14:11
9
harishrestha389
🇳🇵Hari Shrestha🇮🇳🇦🇪🇯🇵 :
डटेर लाग्नु सङ्गठन छोड्ने काम चै न गर्नु है जनताको अदालत मा तिमी ले जिती रहेको छ।🙏🙏
2026-10-09 09:14:31
1
su_resh27
Su-Re-Sh 💥 :
यदि कसैले हजुरले उठाएको सत्यताप्रति दबाउन खोज्छ भने त्यसको हिसाब निकै चुकाउनुपर्छ।
2026-10-08 15:49:21
4
kiranchantyal
kiran :
कसैसँग झुक्नु वा डराउनु पर्दैन सत्यको बाटो नछाड्नुहोस मजस्ता युवा तपाईंको साथै मै छौ।
2026-10-08 17:04:10
3
sarwanvhandari
sarwanvhandari :
हजुरको सत्यताकालागि सधैब हामी सबै नेपालि हजुरको साथमा छाै
2026-10-10 11:00:02
1
arjun.bishwokama
Arjun Bishwokama 🇳🇵🇶🇦 :
सत्यको जित अवश्य हुन्छ। हजुरको साथमा 🙏🙏
2026-10-10 09:16:50
1
To see more videos from user @khagendrasunar84, please go to the Tikwm homepage.

Other Videos


About