@ishworsharma99: सहयोग अभियानअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–९ मा आर्थिक अवस्था कमजोर भएको एक परिवारलाई सहयोग प्रदान गरिएको छ । किसान चाम्लिङ राईलगायत युवाहरूले सञ्चालन गरेको उक्त सहयोग अभियान पथरी शनिश्चरे नगरपालिकाभरि सञ्चालन भइरहेको छ । चाडपर्व नजिकिएसँगै विपन्न परिवारको मुहारमा खुसी ल्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । #reels #help