@anjana.nyasur.tamang: सम्पूर्णमा नमस्कार । म अन्जना तामाङ सानैदेखि पत्रकारिता मेरो रुचि र सपना थियो । यही सपना बोकेर पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनसम्मको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्ने अवसर पाएँ । समाचार वाचन, समाचार लेखन, रिपोर्टिङदेखि सम्पादकीय तथा व्यवस्थापकीय जिम्मेवारीसम्म काम गर्दै धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो । यस यात्राले मलाई समाजका समस्या नजिकबाट बुझ्न, नागरिकका आवाज सुन्न र आफ्नो जिम्मेवारीप्रति अझ सचेत हुन सिकाएको छ । पत्रकारिताको यात्रामा मलाई विश्वास गर्ने, अवसर दिने, मार्गदर्शन गर्ने र हरेक मोडमा साथ तथा हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज, सहकर्मी, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । यहाँहरूबाट पाएको साथ, सहयोग, माया र सिकाइ मेरो जीवनको महत्त्वपूर्ण उपलब्धि हो । पत्रकारिताको यात्रामा जोडिएका सम्बन्ध र यहाँहरूबाट प्राप्त अनुभवलाई म सधैँ सम्मान गर्नेछु । पत्रकारितामा रहँदा समाजका धेरै समस्या, नागरिकका अपेक्षा र परिवर्तनका आवश्यकताहरूलाई नजिकबाट बुझ्ने अवसर पाएँ । समस्या देखाउने र नागरिकका आवाज उठाउने कामसँगै समाजका समस्याको समाधान खोज्ने प्रक्रियामा पनि आफ्नो तर्फबाट केही योगदान गर्न सकूँ भन्ने सोच मभित्र विकसित हुँदै गयो । यही सोच, समाजप्रतिको जिम्मेवारीबोध र देशका लागि केही गर्ने इच्छाले मलाई राजनीतितर्फ अघि बढ्न प्रेरित गरेको हो । जीवनमा आफ्नो करियरलाई अगाडि बढाउने अन्य अवसर र सम्भावनाहरू धेरै थिए । तर मैले आफ्नो व्यक्तिगत करियरसँगै समाज र देशका लागि पनि केही गर्नुपर्छ भन्ने सोचलाई प्राथमिकता दिँदै नयाँ यात्रामा अघि बढ्ने निर्णय गरेकी छु । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको जानकारी गराउँदछु । यो मेरो लागि केवल पार्टी प्रवेश मात्र होइन, नयाँ जिम्मेवारी स्वीकार गर्ने, नयाँ कुरा सिक्ने र समाजप्रतिको आफ्नो भूमिकालाई अझ फराकिलो बनाउने सुरुवात पनि हो । मलाई थाहा छ, राजनीतिमा प्रवेश गरेसँगै विभिन्न प्रश्न, जिज्ञासा र आलोचनाहरू पनि आउन सक्छन् । विशेषगरी मेरो उमेरलाई लिएर यति सानै उमेरमा राजनीतिमा किन? राजनीति के बुझेकी छौ? अहिल्यै राजनीति गर्ने समय भएको छैन भन्नेजस्ता प्रश्नहरू उठ्न सक्छन् र उठेको पनि छ । म यस्ता प्रश्न र आलोचनाबाट अपरिचित छैन । हो, मसँग राजनीतिमा लामो अनुभव छैन । मैले अझै धेरै कुरा सिक्न, बुझ्न र आफ्नो क्षमता विकास गर्न बाँकी छ । तर अनुभव कम छ भन्दैमा सिक्ने, काम गर्ने र जिम्मेवारी लिने यात्राबाट पछि हट्नुपर्छ भन्ने मलाई लाग्दैन । हरेक यात्राको सुरुवात हुन्छ, हरेक अनुभवको पहिलो पाइला हुन्छ । मेरो पनि यही सुरुवात हो । मैले सबै कुरा जानेकी छु वा मबाट कुनै कमजोरी हुँदैन भन्ने दाबी गर्दिनँ । म सिक्न तयार छु, अग्रजहरूको मार्गदर्शन स्वीकार गर्न तयार छु र आफ्ना कमजोरी सुधार्दै अघि बढ्न तयार छु। मेरा काममा भएका कमी कमजोरी औँल्याइदिनुहुने सबैका सुझावलाई सकारात्मक रूपमा लिनेछु । तर केवल उमेर सानो छ वा अनुभव कम छ भन्ने आधारमा म आफ्नो उद्देश्यबाट पछि हट्ने छैन । मेरो क्षमता, सोच र उद्देश्यलाई समयसँगै मेरा कामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएकी छु । म महिला हुँ, युवा हुँ र मेरो राजनीतिक अनुभव पनि सीमित छ । तर यी कुरालाई आफ्नो यात्रामा पछि हट्नुपर्ने कारणका रूपमा लिन्नँ । महिला नेतृत्व र युवाको सहभागिता समाज परिवर्तनका लागि महत्त्वपूर्ण छन् भन्ने विश्वास राख्छु । अग्रज नेतृहरूबाट सिक्दै, उनीहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै आफ्नो छुट्टै पहिचान र क्षमता निर्माण गर्ने प्रयास गर्नेछु । र अर्को कुरा भनेको राजनीतिक यात्राको सुरुवात गरे पनि कार्यक्रम सञ्चालन तथा होस्टिङप्रतिको मेरो रुचि, लगाव र जिम्मेवारी निरन्तर रहनेछ । आगामी दिनमा पनि कार्यक्रम सञ्चालन र होस्टिङलाई निरन्तरता दिँदै आफ्नो पेसागत अनुभव, सम्बन्ध र नयाँ राजनीतिक यात्रालाई सन्तुलित रूपमा अघि बढाउने प्रयास गर्नेछु । अन्त्यमा आजसम्मको यात्रामा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति पुन हार्दिक धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाँहरूको माया, सुझाव, मार्गदर्शन र रचनात्मक आलोचनाको अपेक्षा राख्दछु । नयाँ जिम्मेवारी, नयाँ सिकाइ र नयाँ सम्भावनासहित अघि बढ्दै छु। यो यात्रामा इमानदारी, मेहनत र जिम्मेवारीलाई आफ्नो आधार बनाउने प्रयास गर्नेछु। धन्यवाद ।
anjana.nyasur.tamang
Region: NP
Saturday 10 October 2026 11:29:39 GMT
Music
Download
Comments
Sangit Lama :
हामि तामाङहरू पनि योग्य छौ भनेर संसारलाई देखाउनु पर्छ।Welcome आङा🤗
2026-10-10 15:22:19
43
ANILLAMA102 :
good luck🥰 jay Nepal🇳🇵❤️
2026-10-10 15:57:55
0
chandra tamang, moktan :
congratulations 🎉
2026-10-10 19:07:05
0
bishal tamang :
Go ahead we’ll come ganti home 🏠
2026-10-10 19:26:47
0
Purnima Bhomjan :
मेरो छोरी अन्जना तिमी सानै छौ सानै उमेरमा तिमीले राजनीतिक बाटो चालिहाल्यो राजनीतिक बाटोको यात्रा उज्जवल भविष्यको कामना गर्दछु।🙏🙏
2026-10-10 15:46:24
18
Dumbar Subba :
good job sus
2026-10-10 19:13:56
0
Tanka Adhikari :
keep it up
2026-10-10 19:27:38
0
ROSHAN TAMANG DONG :
राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना! 🙏🔔
2026-10-10 12:17:24
14
saru mgr LAL :
congratulations 🎉
2026-10-10 19:25:11
0
BASNET_GM :
शुभकामना आगामी दिनको
2026-10-10 16:03:18
4
Nabaraj bindas :
हार्दिक स्वागत जय घण्टि शुभकामना 👌👌👌👌❤️❤️❤️❤️❤️❤️
2026-10-10 15:50:59
0
mistake lama :
गडी 2 को वडा अध्यक्ष अञ्जना बहिनी
2026-10-10 16:03:48
3
Bhujel King Mä :
Derai khusi lagyo dd🙏🙏🙏🙏 welcome
2026-10-10 17:36:01
1
Dhalak Muktan :
राजनीतिक सफलताको लागि अग्रिम शुभकामना ।।।।
2026-10-10 12:43:02
5
SUBASH LAMA GHALAN KAVRe :
jay ghanti Aanga
2026-10-10 15:58:34
2
Sunillama :
Congratulations, तपाईं हामि युवा हरु मिलेर यो देश बनाउनुपर्छ। कुनै पद लागि कसैले रजनिति नगरि दिनुहोला ,पार्टी ले दिएको सबै जिम्मेवारी र जनताको अवाज इमान्दारिता साथ पुरा गरिदिनु होला जय घन्टि🙏
2026-10-10 14:04:52
1
सुमन लामा :
घण्टी प्रेमी सबै साथी हरु उहलाइ फलो गर्नु होल उहको सोच लाई सम्मन गर्न chahanchu
2026-10-10 14:25:44
1
amjhong kunga sangpo :
jay ghanti
2026-10-10 20:07:27
0
MR milan :
kay balen
2026-10-10 15:34:48
0
Sabin Magar :
राजनीतिक यात्रा आगामी दिनको शुभकामना
2026-10-10 19:52:06
0
Anu limbu Rai :
🔔🔔🔔🔔🔔
2026-10-10 20:06:10
0
꧁κɪɴɢ.shadow꧂ Taͥmaͣnͫg ٨ـﮩﮩـ :
jaya ghanti [Pray][Gesture OK]
2026-10-10 20:05:03
0
🌷RAM KUMAR LIMBU OFFICIAL🇳🇵 :
#omg हर्दिक बधाई
2026-10-10 20:12:15
0
💓❤️💚KING IS BACK🌄🤟❣️❣️🙋 :
2026-10-10 19:53:22
0
Susmita Gole_🍀 :
Best wishes and congratulations Nani❤️🫂🍀
2026-10-10 11:40:18
0
To see more videos from user @anjana.nyasur.tamang, please go to the Tikwm
homepage.