T I K A 🌸 :
आज मेरो मुटुको एकदमै नजिकको मान्छेको जीवनमा नयाँ सुरुवात भएको दिन… 🥹❤️💍
मेरो मिल्ने साथी, जसले मलाई यति धेरै माया गर्छे, मेरो ख्याल राख्छे र हरेक पल आफ्नोपनको महसुस गराउँछे, आज उसलाई आफ्नो जीवनसाथीसँग नयाँ यात्रा सुरु गरेको देख्दा मनैदेखि खुसी लागेको छ। 🫂❤️मेरो लागि तेरो खुसीभन्दा ठूलो कुरा अरू केही छैन। 🥹🫶🏻
तँलाई जसरी माया, सम्मान र ख्याल चाहिन्छ, तेरो जीवनसाथीले पनि सधैँ त्यसरी नै माया गरून्। तिमीहरूबीचको सम्बन्ध सधैँ विश्वास, समझदारी, सम्मान र निस्वार्थ मायाले भरिएको होस्। हरेक सुख,दुःखमा एकअर्काको साथ बनेर जीवनका हरेक मोडमा सँगै अघि बढ्नू। 🧿🤍♾️तँ सधैँ खुसी रहनू, तेरो आँखामा कहिल्यै आँसु नआऊन्, तेरो ओठको मुस्कान कहिल्यै नहराओस्। तेरो जीवनमा आजबाट सुरु भएको यो नयाँ अध्याय सुन्दर सम्झनाहरूले भरियोस्। 💗🥹
Congratulations, मेरो प्यारो साथी! 💍❤️आज तेरो खुसी देखेर मेरो मन पनि भरिएको छ। तेरो जीवनमा आएको यो नयाँ खुसी सधैँ कायम रहोस्। भगवान्ले तिमीहरू दुवैको जोडीलाई सधैँ रक्षा गरून् र तिमीहरूको माया दिनप्रतिदिन अझ गहिरो हुँदै जाओस्। 🧿🫶🏻
तँ मेरो साथी मात्र होइनस्, मेरो मनको एउटा विशेष हिस्सा होस्। तेरो खुसीमा म सधैँ यसरी नै खुसी हुन पाऊँ। 🥹❤️🫂
धेरै धेरै माया र शुभकामना, मेरी प्यारी मान्छे! 👰🏻♀️💍🤍✨
आज तेरो जीवनको यति सुन्दर र खुसीको पलमा म तँसँगै भएर तेरो खुसीमा रमाउन पाइनँ भन्ने कुराले मन अलि भारी भएको छ। 🥹💔 टाढा भए पनि मेरो मन र माया सधैँ तँसँगै छ। काश, आज म तँसँगै हुन पाएको भए, तँलाई अँगालो हालेर तेरो खुसीमा सँगै आँसु झार्न पाएको भए! 🫂❤️दूरीले हामीलाई टाढा राखे पनि मेरो माया सधैँ तेरो साथमा रहनेछ। 🥹🧿💍❤️I love you so much 🥹❤️
2026-10-11 22:35:34