@vibecastnepalnews: बि*रामी बुबाको उपचारका लागि आई*सीयूबाहिर १० दिनदेखि पर्खिरहेका डोना थापामगरले लेखे भा*वुक स्टाटस😥 चर्चित भ्लगर डोना थापामगर यतिबेला आफ्ना बि*रामी बुबाको स्वास्थ्यलाई लिएर निकै भावु*क बनेका छन्। बुबाको उपचारका क्रममा आईसी*यूबाहिर १० दिनदेखि पर्खिरहेका डोनाले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै बुबालाई छिट्टै निको भएर फर्किन आग्रह गरेका छन्। डोनाले बुबालाई सम्बोधन गर्दै हिजोअस्ति मात्रै अस्पताल आएको जस्तो लागे पनि हेर्दाहेर्दै १० दिन बितिसकेको बताएका छन्। लामो समयदेखि बुबाको प्रतीक्षामा रहेका आफूहरू छोराहरू पनि भित्रभित्रै टु*टिसकेको उनको भा*वुक अभिव्यक्तिबाट बुझ्न सकिन्छ। उनले लेखेका छन्, “अब त बाबा, आफ्ना छोराहरूको थकाइ र पी*डा बुझेर भए पनि हिम्मत गर्नुस् न। चाडपर्व नजिकिँदै छ, हाम्रो घरको खुसी र उमङ्ग फेरि फर्काउनुछ।” अस्पतालमा कसैका परिवार निको भएर खुसी हुँदै घर फर्किएको र कसैले आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गर्नुपरेको दृश्य देख्दा आफूहरू भने अझै बुबाकै प्रतीक्षामा रहेको डोनाले उल्लेख गरेका छन्। उनले आफूहरू बिरामी भएर थाक्नुअघि नै बुबा निको भएर अगाडि मुस्कुराउँदै आएको हेर्न चाहेको भा&वुक शब्दमा व्यक्त गरेका छन्। अ*न्त्यमा डोनाले भगवान्को आशीर्वाद र सम्पूर्ण नेपालीहरूको प्रार्थना बुबासँग रहेको विश्वास व्यक्त गर्दै बुबाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। डोनाको यो भा*वुक स्टाटसले बुबाप्रतिको उनको माया, परिवारको पी*डा र बुबा निको भएर घर फर्किने आशालाई झल्काएको छ। #donathapa #fulkumari