@newarkanxa362: चर्चित मोटो भ्लगर राजकुमार थापा मगर र अलिशा खड्गीबीचको लामो प्रेम सम्बन्ध अन्ततः टुंगिएको छ। राजकुमारले आफ्नो टिकटक अकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूको ब्रेकअप भएको जानकारी दिएका हुन्। करिब ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका राजकुमार र अलिशाको सम्बन्ध किन टु*ट्यो भन्ने विषयमा भने उनले अहिलेसम्म विस्तृत जानकारी दिएका छैनन्। सम्बन्ध टुट्*नुको कारणबारे केही समयपछि खुलाउने राजकुमारले बताएका छन्। ब्रेकअपपछि आफूलाई केही समयका लागि ताजा महसुस गर्न पोखरा घुम्न गएको पनि राजकुमारले बताएका छन्। लामो समयदेखिको सम्बन्ध अ*न्त्य भएपछि उनीहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यता, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने राजकुमारको ब्रेकअपको खबरलाई लिएर प्रश्न उठाएका छन्। कतिपयले कन्टेन्टको अभाव भएपछि भ्युज बटुल्न यस्तो नाटक गरिएको हुन सक्ने भन्दै टिप्पणी गरेका छन्। यद्यपि, यी टिप्पणीहरूको पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन। राजकुमार र अलिशाको ७ वर्ष लामो सम्बन्ध टुट्नुको वास्तविक कारण के हो भन्ने कुरा भने उनले थप जानकारी दिएपछि मात्रै स्पष्ट हुनेछ। #rajkumarthapamagarbreakup #alishakhadgi #rajkumarthapamagar #bishnuedit🖤 #vlogbishnu