@khanromeo507: जीवनको सबैभन्दा खुसीको क्षण नजिकिँदै थियो। घर फर्किने, परिवारसँग भेट्ने र केही दिनमै विवाहको नयाँ जीवन सुरु गर्ने सपना सजाउँदै थिइन् २८ वर्षीया अज्जा रम्जी। तर नियतिले उनको त्यो सपना पूरा हुन दिएन। विवाहको तयारीमा रहेकी अज्जाको साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा ज्यान गएको छ। इजिप्टकी नागरिक अज्जा साउदी विमान सेवा कम्पनी फ्लाइनासमा विमान परिचारिकाका रूपमा कार्यरत थिइन्। शनिबार विमानस्थलमा हुथी समूहको आक्रमण हुँदा उनी आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइन्। सोही क्रममा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको साउदी अरेबियाको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जीएसीए) को विवरणलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। अज्जाको मृत्युको खबरले उनको गृहक्षेत्र इजिप्टको उत्तरी भागमा रहेको बेहेरा गभर्नरेटस्थित महमुदिया क्षेत्रमा शोक छाएको छ। विशेषगरी अल–अत्फ क्षेत्रमा बसोबास गर्ने उनको परिवारका लागि यो पीडा शब्दमा व्यक्त गर्न नसकिने खालको बनेको छ। अज्जाको विवाह केही दिनमै हुने तयारी थियो। उनी विवाहका लागि इजिप्ट फर्किने योजनामा थिइन्। परिवारसँग रमाउने, आफ्ना प्रियजनसँग जीवनको नयाँ अध्याय सुरु गर्ने र भविष्यका सुन्दर सपना साकार पार्ने समय नजिकिँदै गर्दा उनी सधैँका लागि बिदा भइन्। जुन घरमा विवाहको तयारी र खुसीको प्रतीक्षा भइरहेको थियो, त्यहाँ अहिले शोक र पीडाको वातावरण छ। परिवारले छोरीको आगमनको प्रतीक्षा गरिरहेको समयमा उनको मृत्युको खबर सुन्नुपर्यो। विवाहका लागि सजाइने खुसीका क्षणहरू अब सम्झनामा सीमित भएका छन्। अज्जाको मृत्युको खबर सार्वजनिक भएपछि इजिप्टका सामाजिक सञ्जालहरू शोक सन्देश र श्रद्धाञ्जलीले भरिएका छन्। धेरैले उनको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। जीवनको महत्त्वपूर्ण मोडमा पुगेकी एक युवतीको सपना अधुरै रहनु धेरैका लागि भावुक बनाउने घटना बनेको छ। शनिबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त आक्रमणमा अज्जासहित १२ जनाको मृत्यु भएको साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनामा ३०९ जना घाइते भएका छन्। मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक तथा इजिप्ट, अमेरिका, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना नागरिक रहेका छन्। यो आक्रमणले धेरै परिवारलाई शोकमा डुबाएको छ। तीमध्ये अज्जाको परिवारका लागि पीडा झन् गहिरो छ, किनकि उनीहरूको छोरी विवाहको केही दिनअघि नै संसारबाट बिदा भइन्। परिवारसँग नयाँ जीवनको खुसी बाँड्ने उनको सपना अधुरै रह्यो।
🇳🇵𝕄.𝕊.𝕂ℍ𝔸ℕℝ𝕆𝕄𝔼𝕆🇳🇵
Region: NP
Monday 12 October 2026 18:30:52 GMT
Music
Download
Comments
@chandradip sah :
Rip
2026-10-13 00:53:15
0
To see more videos from user @khanromeo507, please go to the Tikwm
homepage.