@aurahealer3: रास्वपा सांसद खगेन्द्र सुनारको अडियो काण्डमा अनपेक्षित मोड! खगेन्द्र सुनार प्रकरणमा उल्टफेर भएको छ जहाँ पीडित भनिएकी महिला नै सुनारको पक्षमा खम्बा बनेर उभिएकी छन्। भाइरल भइरहेको अडियोमा सुनिने आवाज आफ्नो नभएको र विनाकारण चरित्र हत्या गरिएको भन्दै ती महिलाले कडा खण्डन गरेकी छन्। सडकबाट आएका एक दलित सांसदलाई सिध्याउने घिनलाग्दो राजनीतिक खेलमा आफूलाई अस्त्र बनाइएको उनको दाबी छ। यदि आफू साँच्चै पीडित भएको भए गुपचुप नबसी प्रहरीको ढोका ढक्ढकाउन जाने बताउँदै उनले अडियोको फरेन्सिक परीक्षण गर्नसमेत चुनौती दिएकी छन्। निरन्तर बद्नाम गर्न खोजिए साइबर कानुनअन्तर्गत कडा कदम चाल्ने उनको चेतावनी छ।@khagendra sunar