@tori_lahure_official123: काठमाडौँ — बेलायतबाट आमालाई भेट्न नेपाल फर्किएका एक युवा काठमाडौँबाट धनगढी जाने हवाई टिकट नपाएपछि हेलिकप्टर चार्टर गरेर महेन्द्रनगर पुगेका छन्। लामो समयपछि बेलायतबाट स्वदेश फर्किएका ती युवाले धनगढीका लागि नियमित उडानको टिकट नपाएपछि कुनै विकल्प नदेखी महँगो शुल्क तिरेर हेलिकप्टर बुक गरेका हुन्। काठमाडौँबाट महेन्द्रनगरसम्म हेलिकप्टर चार्टर गर्दा उनले १३ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । काठमाडौँबाट उडेको उक्त हेलिकप्टर आज दिउँसो ३ बजे कञ्चनपुरको महेन्द्रनगरमा अवतरण भएको थियो । घरायसी तथा व्यक्तिगत काम र मुख्यगरी आमालाई भेट्ने तीव्र चाहनाका कारण टिकट नपाउँदा पनि उनले यात्रा रोकेनन्। हवाईजहाजको टिकटको पर्खाइमा समय बिताउनुभन्दा ठूलो रकम खर्चेर भए पनि चाँडो घर पुग्ने निर्णय लिएको बताइएको छ। चाडपर्व तथा पर्यटकीय सिजनमा काठमाडौँबाट सुदूरपश्चिमका लागि उडान सङ्ख्या सीमित हुने र टिकट पाउन कठिन हुने समस्या यस घटनाले पुनः उजागर गरेको छ। #creatorsearchinsights #bhaktarajbhatta #planeticket #helicoptercharter #helicopterbook