Som Khanal :
निजामती सेवा ऐन, २०४९- दफा ४७ ले कर्मचारीलाई दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध लाएको छ। यसरी:-
दफा ४७ (१) सरकारी काममा कुनै पनि प्रकारले असर पर्न सक्ने गरी कुनै पनि निजामती कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति बिना आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिन हुँदैन।
दफा ४७ (२) निजामती कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भएबमोजिम गर्नुपर्छ।
यति मात्र होइन, भ्रष्टाचार निवारण ऐन, २०५९ - दफा ५ मा उपहार, कोसेली, पुरस्कार वा दान लिएमा सजायको समेत निम्न व्यवस्था गरेको छ:-
दफा ५ (१) कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले नेपाल सरकारको पूर्व स्वीकृति बिना आफूले वा आफ्नो परिवारको कुनै सदस्य वा अन्य कुनै व्यक्तिमार्फत कसैबाट कुनै प्रकारको दान, उपहार, कोसेली, पुरस्कार वा कुनै प्रकारको लाभ प्राप्त गरेमा वा गर्ने कुरा गरेमा, तीन महिनादेखि छ महिनासम्म कैद र बिगो बमोजिम जरिबाना हुनेछ। स्वीकार गरिएको त्यस्तो वस्तु जफत गरिनेछ।
(त्यसैले जुनसुकै तर्क र वहानामा पनि उपहार लिनु कानून बिपरित भ्रष्टाचार जन्य कशुर हुने रहेछ, सचेत हुनु होला)
2026-10-15 20:06:41