@govindakhadka33: अनुगमन बारे उपभोक्ताले यसो भन्नु भयो 📢 घोराहीमा संयुक्त बजार अनुगमन, म्याद गुज्रेका खाद्य सामग्री जफत घोराही उपमहानगरपालिकाको नेतृत्वमा गठित संयुक्त बजार अनुगमन टोलीले आज मिति २०८३/०६/२९ गते घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ मा रहेका ८ वटा किराना, खाद्य तथा गल्ला पसलमा संयुक्त बजार अनुगमन गरिएको छ। घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, जिल्ला प्रशासन कार्यालय, नगरको राजस्व व्यवस्थापन शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वडा प्रहरी कार्यालय ,नेपाल पत्रकार महासंघ र घोराही नगर प्रहरीसहितको संयुक्त सहभागितामा सम्पन्न अनुगमनका क्रममा खाद्य सामग्रीको भण्डारण, लेबलिङ, म्याद तथा व्यवसाय नवीकरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। 🔎 अनुगमनका क्रममा देखिएका कैफियतहरू: ▪️ खाद्य सामग्री भुइँसँग प्रत्यक्ष सम्पर्क हुने गरी भण्डारण गरिएको। ▪️ कतिपय खाद्य पदार्थमा उत्पादन मिति वा उत्पादकको विवरण उल्लेख नभएको। ▪️ मिठाई तथा बिस्कुटजन्य सामग्रीमा प्रिन्ट गरिएको लेबल खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने गरी राखिएको। ▪️ म्याद गुज्रिएका खाद्य सामग्री बिक्री वितरणका लागि राखिएको। 🚫 म्याद गुज्रेका खाद्य सामग्री जफत अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका खाद्य सामग्री जफत गरिएको छ। १. न्यू भण्डारी किराना पसल: ११ प्याकेट Mint Mood Candy, मूल्य रु. ९९०/- २. सस्तो किराना पसल: रु. २,०४०/- बराबरको खाद्य सामग्री ३. रोशिका किराना पसल: रु. ४,१३५/- बराबरको खाद्य सामग्री ४. न्यू हाम्रो किराना पसल: रु. २,०३०/- बराबरको खाद्य सामग्री ५. पाण्डे किराना पसल: रु. ५००/- बराबरको खाद्य सामग्री ६. मेलबि किराना पसल: रु. २००/- बराबरको खाद्य सामग्री ➡️ जफत गरिएको खाद्य सामग्रीको कुल मूल्य: रु. ९,८९५। 📌 व्यवसाय नवीकरण तथा सुधारका लागि निर्देशन केही पसलहरूको व्यवसाय नवीकरण गर्न बाँकी रहेको पाइएकाले दुई हप्ताभित्र नवीकरण गर्न निर्देशन दिइएको छ। साथै, खाद्य सामग्री भण्डारण गर्दा आवश्यक काठको फल्याक वा फलामको संरचनाको प्रयोग गर्न, उत्पादन मिति तथा उत्पादकको विवरण स्पष्ट नभएका सामग्री बिक्री वितरण नगर्न र म्याद गुज्रेका सामग्रीलाई बिक्रीयोग्य खाद्य सामग्रीबाट छुट्टै राखी बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। ✅ स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। घोराही उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पालना गरी जिम्मेवार र मर्यादित भै गुणस्तरीय सामानहरुको बिक्रीवितरण गरि व्यवसाय सञ्चालन गर्न हार्दिक अपील समेत गरिन्छ। श्रोत : #घोराहीउपमहानगरपालिका #बजारअनुगमन #उपभोक्ताहितसंरक्षण #खाद्यसुरक्षा #स्वच्छबजार
Govind Khadka
Region: NP
Friday 16 October 2026 03:04:43 GMT
Music
Download
Comments
Gyanendra swornakar :
❤️❤️🥰🥰🥰good job
2026-10-17 21:41:49
0
Nuts & Organic Home :
aru bela salary matra khane ani jaba festival auxa timarko kaam suru
2026-10-16 07:56:16
4
Sunita Giri yogi :
dherai ramro ho manabko swasthema khelwad vairako xa,👍👍👍👍
2026-10-17 02:34:01
0
राम भक्त भण्डारी भगत :
चाड पर्व मा मात्र किन
2026-10-16 04:45:29
2
Dhaniswor Gaire :
यिनलेपसल सञ्चालन गर्ने भएको भय बल थाह हुनि थियो।
2026-10-16 16:12:27
1
Shanta Sundas :
right
2026-10-16 18:20:15
0
Nischal Roka :
Sahi garnu parx
2026-10-16 09:19:59
0
putalithapa magar :
100%🙏🙏❣️❣️Great jop ho ni ta स्वस्थलाई असरबारे हुने खाने खाद्य बेच्नु भ्नि
2026-10-17 06:54:20
0
Tirtha Narayan Budhathoki :
🙏🙏🙏🙏my pasal chak you weel coom sir
2026-10-16 12:32:13
0
Bhagirath B.C. :
दिन दिनै अनुगमन हुनुपर्छ,नियत ठिक भए ब्यापारी किन डराउनु।
2026-10-16 09:59:31
0
सभ्यश्री :
चाड्बाड मा मात्रै किन ? पसलवाला लाई मात्रै किन ? निर्माण क्षेत्र को अनुगमन खोइ ? बिग्रेको बाटाहरुको पुनः निर्माण कति घन्टा भित्रमा सकिए वा सताब्दिनै लागे ? एक पाटो को मात्रै अनुगमन गरेर जनताको लागि सेवा सबै पुग्ने हो ?
2026-10-16 09:55:40
0
Ambika Khadka :
गर्ने ले महिना पिछे गर्ने पछि किन चाडवाड जा मात्र
2026-10-16 07:35:12
0
NEWA :
व्यापारी नेताले गलत कुरालाई गलत भन्नू पर्छ ।
सयोग गर्नुपर्छ नगरपालिका लाई ।
2026-10-17 03:09:06
0
sunitakhatri183 :
सदै गर्नु सर राम्रो छ [Pray][Pray][Pray][Pray]
2026-10-17 05:36:37
0
Prabha Adhikari :
सहि
2026-10-16 07:13:00
0
yama pokhrel :
right 🙏🙏🙏
2026-10-16 15:03:10
0
madansubedi375 :
यकदम सहिछ सर हजुरको काम🖐️🖐️🙏🙏
2026-10-16 04:34:50
0
सीता खनाल :
15, 15 दिनमा अनुगमन गर्नुपर्छ र बल्ल उपभोक्ताले गुणस्तर खाद्यान्न प्राप्त गर्न पाउछौ ! धेरै राम्रो काम 🙏👍️
2026-10-16 14:52:29
0
ASTHER COLLECTION :
सहि कुरा हो
2026-10-16 06:19:24
0
pæ_dã_m🌛🌜 :
aru Bela kina hunna
2026-10-16 06:24:01
0
Kalpana Gurung :
good
2026-10-18 07:48:35
0
munesh chaurasiya :
tar timiharu pahila sikau ani sidhai liyer n jau
2026-10-16 14:02:56
0
Kala Shrestha1 :
🙏🙏🙏🙏
2026-10-16 15:59:07
0
Man Prasad Mohar :
🙏🙏🙏🙏🙏
2026-10-16 15:10:38
0
Bir💓Maya :
♥️♥️♥️
2026-10-16 03:15:33
0
To see more videos from user @govindakhadka33, please go to the Tikwm
homepage.