राजु लामा :
@राजु लामा:[Rose][Rose][Rose][Pray][Pray][Pray]❤️रगतको नाता थिएन, तर मनको नाता सबैभन्दा गहिरो बन्यो जिन्दगीको यात्रामा पछि भेटियौँ, तर थाहै नपाई एकअर्काको मनको यति नजिक भयौँ कि आज तिमीबिना धेरै कुरा अधुरा लाग्छन्। 🥺💗
तिमी मेरो बाल्यकालदेखिको साथी होइनौ, तर छोटो समयमै तिमीले मेरो मनमा बनाएको ठाउँ सायद वर्षौँदेखिका सम्बन्धले पनि बनाउन सक्दैनन्।
सँगै बिताएका ती पलहरू, सानातिना कुरामा हाँसेका क्षणहरू, मन दुख्दा एकअर्कालाई सम्झाएका कुराहरू… आज सबै याद बनेर मनमा आइरहन्छन्।
कसलाई थाहा थियो र, पछि भेटेको एउटा मान्छे जीवनकै यति प्यारो साथी बन्छ भनेर! अनि कसलाई थाहा थियो र, एकदिन त्यही साथी टाढा हुँदा मन यति धेरै रुन्छ भनेर!
तिमी टाढा छौ भनेर तिम्रो सम्झना कम भएको छैन, बरु हरेक दिन तिम्रो अभाव अझ बढी महसुस हुन्छ। सायद हामी सधैँ सँगै हुन सक्दैनौँ, हरेक कुरा सँगै बाँड्न सक्दैनौँ, तर मेरो मनमा तिम्रो लागि भएको माया र हाम्रो मित्रताको ठाउँ कहिल्यै कसैले लिन सक्दैन। एउटा कुरा सधैँ सम्झिराख है मेरी प्यारी साथी— जिन्दगीमा तिमीलाई धेरै मान्छे भेटिएलान्, तर तिमीलाई मनैदेखि आफ्नो ठान्ने यो साथीलाई कहिल्यै नबिर्सनू। 🫂❤️ढिलो भेट भयौँ, छिट्टै मन मिल्यो, अहिले टाढा भयौँ… तर तिमी मेरो जीवनको सबैभन्दा सुन्दर संयोगमध्ये एक हौ।
मिस यू मेरी प्यारी साथी! दूरी जति भए पनि हाम्रो मित्रता कहिल्यै नटुटोस्। 🫶💗♾️
2026-10-16 15:52:39