@rafeek.ansari600: नेकपा (एमाले) का केन्द्रीय सदस्य, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री माननीय मोहम्मद इश्तियाक राईज्यूकी पूजनीय आमाको जनाजाको नमाजमा आफन्तजन, शुभचिन्तक तथा विभिन्न क्षेत्रका महानुभावहरू सहभागी भई भावपूर्ण विदाई अर्पण गर्नुभएको छ। यस दुःखद घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकमा डुबेको परिवारलाई यो असह्य पीडा सहन गर्ने धैर्य, शक्ति र साहस प्रदान गरून्। 🙏🖤 भावपूर्ण श्रद्धाञ्जली! Mohammad Ishtiyaq Rayi