@movieslice02: Sebuah kebanggaan untuk sinema Indonesia! Film Desember Jani melangkah ke panggung internasional melalui world premiere di Tokyo International Film Festival (TIFF) 2026. Cerita keluarga yang begitu intim dan hangat ini siap menyapa penonton luas. ​Sempatkan membangun Good Habit dengan menyapa keluarga di rumah hari ini. Jangan lupa tonton trailernya! @desemberjani #DesemberJani #PintunyaSelaluTerbuka #JaniInternationalTrailer #JaniVsoy

Movie Slice
Movie Slice
Open In TikTok:
Region: ID
Saturday 17 October 2026 09:18:50 GMT
207
18
0
18

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @movieslice02, please go to the Tikwm homepage.

Other Videos

थोरै अघि जाऊ, थोरै गहिराइलाई छोऊ। जे देखिन्छ त्यही मात्र सत्य हो भनेर हतारमा निष्कर्ष ननिकाल। हर्मोनभन्दा थोरै अघि जाऊ, विचारभन्दा थोरै अघि जाऊ, भावनाभन्दा थोरै अघि जाऊ, विश्वासभन्दा पनि थोरै अघि जाऊ। तिमीले आकाशमा एउटा तारा देख्यौ भने त्यहीँ नरोकिनू, ताराको अगाडि अझै केही छ। ताराभन्दा पर आकाश छ, आकाशभन्दा पर अनन्तता छ, र अनन्तताको मौनताभित्र सायद तिमीले खोजिरहेको उत्तरभन्दा पनि गहिरो एउटा प्रश्न छ। त्यसैले देखिएको कुरालाई अन्तिम सत्य नमान। एउटा परीक्षा भयो, नतिजा आयो, र तिमीले भन्यौ “यही हो उसको क्षमता।” तर होइन, एउटा परीक्षाको नतिजा एउटा मानिसको सम्पूर्ण जीवन होइन। अझै परीक्षा बाँकी छ, अझै बाटो बाँकी छ, अझै घाउ बाँकी छ, अझै उपचार बाँकी छ, अझै चेतनाको ढोका खुल्न बाँकी छ। एउटा नतिजा कुरेर नबस। किनकि जीवनका कतिपय नतिजाहरू परीक्षा सकिएपछि आउँदैनन्, परीक्षा चलिरहेकै बेला भित्र कतै जन्मिसकेका हुन्छन्। हारभित्र कहिलेकाहीँ जागरण जन्मिरहेको हुन्छ, असफलताभित्र दिशा बदलिरहेको हुन्छ, मौनताभित्र एउटा नयाँ आवाज बिस्तारै जन्मिरहेको हुन्छ। फूल नफुल्नुमा बीज मात्र दोषी हुँदैन। यो कुरा माटोसँग सोध। माटोले भन्छ, “म एक्लै कहाँ हुँ?” पानीलाई सोध, हावालाई सोध, घामलाई सोध, ऋतुलाई सोध। बीजभित्र फूल बन्ने सम्भावना थियो, तर सम्भावना मात्रले फूल कहाँ फुल्छ र? माटो चाहिन्छ, पानी चाहिन्छ, हावा चाहिन्छ, घाम चाहिन्छ, समय चाहिन्छ, र कहिलेकाहीँ कसैको संरक्षण पनि चाहिन्छ। माटो, पानी, हावा, घाम र ऋतु फूलको समाज हुन्। त्यसैले फूल कोपिलामै तुहियो भने बीजलाई मात्र कटघरामा उभ्याउनु अघि समाजलाई पनि सोध। कस्तो माटो दियौ? कस्तो पानी दियौ? कस्तो हावा दियौ? कस्तो आकाश दियौ? कति घाम दियौ? र कति पटक कोपिला लाग्न नपाउँदै उसलाई कुल्चियौ? हामी कति सजिलै भन्छौँ, “बीज राम्रो थिएन।” “हाइब्रिड थिएन।” “क्षमता थिएन।” तर बीज बोल्न सक्दैन। बीजसँग आफ्नो पक्ष राख्ने भाषा हुँदैन। त्यसैले सारा दोष बीजको टाउकोमा राखिदिन्छौँ। मानिससँग भाषा छ, तर उसको भाषा पनि कहिलेकाहीँ समाजले सुन्न चाहँदैन। कति निर्मलाहरू फूल बन्नुअघि नै कोपिलामा तुहिए। कति देवीहरू आफ्नो आकाशसम्म पुग्नुअघि कसैको हिंसाले भुइँमा झारिए। अनि हामीले फेरि सोध्यौँ, “किन फुल्न सकिनन्?” कहिल्यै सोध्यौँ? कसले फूल्न दिएन? कसले माटो विषाक्त बनायो? कसले हावा बन्द गरिदियो? कसले घाम छेकिदियो? कसले कोपिला बन्नुअघि नै उसको अस्तित्वमाथि आफ्नो अधिकार जमायो? अनि जब फूल फुलेन, हामीले भन्यौँ, “बीज नै खराब रहेछ।” कति सुन्दर छ दोष सार्ने हाम्रो कला। र कति कुरूप छ सत्यबाट भाग्ने हाम्रो बानी। हामी मानिसको पतन देख्छौँ, तर उसको परिवेश देख्दैनौँ। उसको गल्ती देख्छौँ, तर उसको घाउ देख्दैनौँ। उसको व्यवहार देख्छौँ, तर त्यस व्यवहारको पछाडि वर्षौँदेखि रोइरहेको मन देख्दैनौँ। उसको आज देख्छौँ, तर उसको हिजो देख्दैनौँ। त्यसैले थोरै अघि जाऊ। उसको गल्तीभन्दा अघि जाऊ। उसको क्रोधभन्दा अघि जाऊ। उसको मौनताभन्दा अघि जाऊ। सायद त्यहाँ एउटा बच्चा छ, जसले कहिल्यै निसर्त प्रेम पाउन सकेन। सायद त्यहाँ एउटा मन छ, जसलाई बारम्बार “तिमी केही होइनौ” भनियो। सायद त्यहाँ एउटा कोपिला छ, जसलाई हरेकपटक फुल्न खोज्दा कुनै हातले भाँचिदियो। तर यहाँ एउटा कुरा अझै गहिरो छ। समाजले तिमीलाई प्रभावित गर्न सक्छ, तिम्रो कथा लेख्न सक्छ, तिम्रो माटो बिगार्न सक्छ, तर तिम्रो अन्तिम सत्य समाज होइन। तिमीले पाएको नाम तिमी होइनौ। तिमीले भोगेको पीडा तिमी होइनौ। तिमीले पाएको हार तिमी होइनौ। तिमीमाथि लगाइएको आरोप पनि तिमी होइनौ। तिमीभित्र त्यो चेतना पनि छ जसले यी सबैलाई हेर्न सक्छ। र जुन दिन तिमीले आफूभित्रको त्यो साक्षीलाई देख्यौ, त्यही दिनदेखि तिम्रो यात्रा समाजले लेखेको कथाबाट तिमी आफैँले देखेको सत्यतिर मोडिन थाल्छ। त्यसैले कसैलाई हेर्दा हतार नगर। फूललाई फूल नफुलेको अपराधमा दोषी नबनाऊ। पहिला माटो हेर। पानी हेर। हावा हेर। आकाश हेर। ऋतु हेर। अनि यदि अझै पनि फूल फुल्न सकेन भने, सायद बीजभित्र होइन, हाम्रो दृष्टिभित्र केही कमी छ। किनकि कहिलेकाहीँ फूललाई बदल्नुपर्दैन। माटो बदलिदिए पुग्छ। कहिलेकाहीँ मानिसलाई बदल्नुपर्दैन। उसलाई सास फेर्न सक्ने ठाउँ दिइदिए पुग्छ। अलिकति प्रेम, अलिकति स्वतन्त्रता, अलिकति मौनता, अलिकति विश्वास, र आफ्नो आकाश रोज्ने अधिकार। त्यसपछि जसलाई हामीले “फुल्न नसक्ने बीज” भनेका थियौँ, सायद त्यही बीजबाट एकदिन सबैभन्दा सुन्दर फूल फुल्नेछ। त्यसैले, थोरै अघि जाऊ। थोरै गहिराइलाई छोऊ। दृश्यभन्दा पर जाऊ। कारणभन्दा पर जाऊ। दोषी खोज्नुभन्दा अघि सम्पूर्ण कथा हेर। किनकि सतहमा घटना हुन्छ, गहिराइमा कारण हुन्छ, र अझ गहिराइमा चेतना हुन्छ। त्यहाँ पुगेपछि सायद तिमीले बुझ्नेछौ, फूल केवल बीजबाट फुल्दैन। फूल सम्पूर्ण अस्तित्वबाट फुल्छ। र मानिस पनि। #कागजछाँयाpoetry  #राधेराधे🦚  #fypシ゚viral  #writer

About