@balenshah: आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू, तपाईं-हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ। सर्वप्रथम, म यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको छ। बडाको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्बसमेत हो। देशभित्रका विभिन्न स्थानहरूबाट मात्र होइन, देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा दसैँ युगौँदेखि परिचित छ। मानौँ, दसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै-त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ। यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि होला, दसैँ निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको छ। स-साना बाबुनानीहरूका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँ-नयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ। आर्थिक गतिविधिका हिसाबले समेत बडादसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ। हामी नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका छौँ। कुनै बेला विनाशकारी भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो। अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो। हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ। यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दसैँ आइपुगेको छ। ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ भन्ने जानकारी पनि गराउन चाहन्छु। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि दसैँ मनाइने गरिन्छ। आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको दसैँको अवसरमा म सम्पूर्ण नेपालीहरूमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु। मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको तीतो यथार्थलाई पनि यतिबेला म स्मरण गर्न चाहन्छु। हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा दृढ विश्वास व्यक्त गर्दै सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु। आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ। आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी पनि गराउन चाहन्छु। दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। सभ्य र भव्य रूपमा दसैँ मनाऔँ। माता दुर्गाभवानीले हामी सबैको रक्षा गरून्। सबैको जय होस्।

Balen Shah
Balen Shah
Open In TikTok:
Region: NP
Saturday 17 October 2026 15:45:12 GMT
240794
80891
2747
409

Music

Download

Comments

cr7.com218
C R 7 :
Happy Dashain…
2026-10-17 21:47:17
121
shankarxettriofficial0
ShankarThapaxettriofficial0 :
को कसले माया गर्नुहुन्छ यो तस्बिरलाई🥰🥰
2026-10-17 16:49:55
381
ahhh56000
ahhh56000 :
God bless nepal ❤️happy dadhain everyone 🫶🏻🫶🏻
2026-10-18 13:10:36
1
sandeep_joshi_1
mr_सन्दिप 🖂 :
Happy Dashain balen daju 🥰 love you 🫶❤️
2026-10-17 16:50:30
133
yogendrabasnet932
yogendra basnet :
बालेन शाह जिन्दावाद....🇳🇵❤️
2026-10-17 16:22:04
72
anilpaudar765
Anil Paudar🇳🇵🇳🇵🇳🇵 :
म बालेन शाहकाे झाेले हाे कसैलाई केही भननु छ।
2026-10-17 18:41:29
55
yub__raj
Yub Raj :
बडा दशैको हार्दिक मंगलमय शुभकामना 🙂
2026-10-17 16:10:56
78
motivationallines43
S :
Happy dashain prime minister balen ❤️🥰
2026-10-18 00:47:30
1
mr_chaudhary235
Ꭰᴇᴠᴏᴛᴇᴇ..!!!ᥫ᭡ :
Happy Dashain hjr Lai Pani sir
2026-10-17 19:57:02
2
aakashpaswan0009
𝐀𝐚𝐤𝐚𝐬𝐡 🇳🇵🇫🇯 :
Real leader our pm balen ❤️✊🙏
2026-10-18 00:11:23
15
ravan_kazi
थापा_Kazi♡ :
Happy dashain PM dai😘
2026-10-17 22:08:00
1
heyhimal
𝐻𝑒𝓎 𝐻𝒾𝓂𝒶𝓁🇳🇵 :
Happy dashin pm geu❤️❤️
2026-10-17 17:19:45
8
udayapurejitu0
jitu.N.🇳🇵 :
happy dashai 🙏🇳🇵
2026-10-17 23:49:08
1
aayanka.akthar
TOXIC :
सम्पूर्ण नेपालीहरूलाई बडा दशैँका शुभकामना🙏
2026-10-18 09:52:29
5
kunwarjigaming
Kunwarji Gaming 🔥 :
हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान — विजयादशमी! 🇳🇵❤️निधारमा रातो टीका, कानमा जमरा, ठूलाबडाको आशीर्वाद अनि परिवारको न्यानो माया। 🙏 संसारको जुनसुकै कुनामा भए पनि नेपाली मनले दशैँ कहिल्यै बिर्सँदैन। जय विजयादशमी! जय नेपाल! 🇳🇵❤️
2026-10-17 16:30:30
10
khammagar05
Kham magar :
Happy dasai🥰
2026-10-18 01:04:28
7
chand_tilak5
T i L a k C h a n d "🇳🇵® :
Beautiful ❤️😘
2026-10-17 17:12:09
2
dangi____7
NiRaG :
शहर बाट छिमेकी काे छाेरा छाेरी गाउँ फर्केर आउँदा,म परदेशी काे बुबाआमा चाई दैलो अगाडि उभिएर आँसु खसाल्दै कुरा गर्नु हुन्छ रे! "हाम्रो छाेरा पनि यसरी कहिले आउँछ होला" आकाशमा उडिरहेको पिलेन हेर्दै 🥺
2026-10-18 07:59:19
6
anuxettri072
anu❤ :
hjur t मुटु मा बसेको मान्छे पो hot,[Exclaim heart]
2026-10-17 16:49:59
7
nepali.nepali4321
🇳🇵 :
Respected PM 🙏🕉️🕉️
2026-10-17 16:34:29
8
fucchi.kanxi0
queen💋👀💗 :
lots of loveee balen shah sirrr 🥰hamro desh lai akhadi smma ni puraunu holaaa🥺🥰
2026-10-17 15:48:07
13
lafa7776
🌟💫💫XBIN R.M :
जय बालेन सरकार 👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️
2026-10-18 00:10:03
2
user9466691078172
🪷धम्म दीप :
subhakamana 💐💐
2026-10-17 16:38:47
2
raaaaaz57
♡•𝑌ꪦż•ꔪTᴍɢ༒𝖗ẳẳչ☯࿐ :
बडा दशैको शुभकामना 🙏
2026-10-17 23:02:35
3
minakunwar93
mina :
happy dasi pm ju🙏🙏🙏❣️❣️
2026-10-17 23:02:34
1
To see more videos from user @balenshah, please go to the Tikwm homepage.

Other Videos


About