@anshuuuuuu10: दुई वर्ष भयो घर छोडेर परदेश आएको…🥺🇳🇵🇯🇵 यी दुई वर्षमा कति दशैँ आए, कति चाडपर्व गए, तर आफ्नै घरको आँगन र आफ्ना मान्छेहरूको साथ पाउन सकिनँ। दशैँमा आमाको हातको टीका, बाबाको आशीर्वाद अनि परिवारसँग बसेर रमाउने रहर मनमै सीमित भयो। 😭 आज नेपालबाट आएको सामान खोल्दै गर्दा मनमा एउटै कुरा आयो— सामान त नेपालबाट मगाउन सकिन्छ, तर आफ्नोपनले भरिएको त्यो घर, आमाको माया अनि दशैँमा निधारमा टीका लगाइदिने ती हातहरू कसरी मगाउनु? 🥹💔 परदेशमा छु, सपना पूरा गर्न… तर मनको एउटा कुनामा आज पनि मेरो घर, मेरो परिवार अनि मेरो नेपाल छ। 🏡❤️🇳🇵#thankyoueveryone💙 @sofiyashrestha_0 @Samjhana ❤️ @jamuna stha🤍💗 @अनुशा #परदेशीजीवन #घरकोयाद #Dashain #NepalToJapan 🥺🫂