@meroaawaj4: काठमाडौं । परीक्षणका लागि पठाएको घिउले सकारात्मक प्रतिक्रिया पाएपछि दुग्ध विकास संस्थानले दुबईमा थप उत्पादन पठाएको छ। दसैँ–तिहारलाई लक्षित गरी घिउ, याक चिज र पेडा निर्यात गरिएको निर्यातकर्ता कम्पनीले जनाएको छ। रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार उत्पादन दुबईका सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन बिक्री केन्द्रबाट वितरण भइरहेको छ। दुबई हुँदै पश्चिम एसियाका अन्य बजारमा पुग्ने लक्ष्य रहेको उनले बताए। डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले माग र उपभोक्ताको प्रतिक्रियाका आधारमा निर्यात विस्तार गरिने बताए। दुबई पठाइएको घिउ सिसाको भाँडामा राखिएको छ भने लेबलमा नेपाली र अंग्रेजीसँगै अरबी भाषा पनि समेटिएको छ।#rochaktathya123 #kathaproject #ViralNews #NepalNews