@tori_lahure_official123: खोटाङका डिल्लीराम ढुंगाना अमेरिकाको न्यूयोर्कमा दुईवटा रेस्टुरेन्ट सञ्चालन गर्छन्। आठ वर्षदेखि रेस्टुरेन्ट व्यवसायमा रहेका उनका दुवै रेस्टुरेन्टमा करिब २१ जना कर्मचारी कार्यरत छन्। सन् २०१० मा भिजिट भिसामा अमेरिका पुगेका उनले सुरुमा भाँडा माझ्ने काम गरेका थिए। मेहनत र पाककलाको सीपका कारण उनी म्यानेजर हुँदै मुख्य सेफ बने। न्यूयोर्क, मेरिल्यान्ड र वासिङ्टनका रेस्टुरेन्टमा काम गरेको अनुभवपछि उनले आफ्नै व्यवसाय सुरु गरे। उनका रेस्टुरेन्टमा भारतीय खाना बढी बिक्री हुन्छ भने मःम, चाउमिन र सेकुवा पनि लोकप्रिय छन्। उनी आफैँ व्यवस्थापन सम्हाल्नुका साथै आवश्यक पर्दा खाना पकाउँछन् र कर्मचारीलाई तालिम दिन्छन्। सीप, मेहनत र ज्ञान भए अमेरिकामा व्यवसाय गरेर राम्रो अवसर लिन सकिने उनको अनुभव छ। अब उनको नेपालमा पनि व्यवसाय गर्ने सोच छ। #creatorsearchinsights #dilliramdhungana #nepalirestaurantinusa #nepalusa🇳🇵🇺🇸 #nepaliinamerica