@munakoyeerai171: #प्रिय_पापा आज फेरि हजुरको धेरै याद आयो। कहिलेकाहीँ लाग्छ, हजुर नभएको यति धेरै समय बितिसक्यो, तर मनले अझै पनि हजुर फर्केर आउनुहुन्छ कि जस्तो आशा गर्न छोडेको छैन। जीवन अगाडि बढिरहेको छ, तर हजुरको अभावसँग कहिल्यै बानी परेन। खुसी हुँदा हजुरलाई सुनाउन मन लाग्छ, दुःखी हुँदा हजुरको काँध खोज्न मन लाग्छ। सबैसँग आफ्ना मानिसहरू छन्, मसँग हजुरको सम्झनाहरू छन्। यही सम्झनाको सहारामा बाँच्न सिक्दै छु। जहाँ हुनुहुन्छ, खुसी हुनुहोस् पापा म यहाँ हरेक दिन हजुरलाई सम्झिँदै, हजुरले देख्न चाहेको मान्छे बन्ने प्रयास गरिरहेको छु। 🕊️💔🥺🥺