Yougal_bista :
िम्रो मुस्कानमा के जादु छ, मन आफैँ हराउँछ,
तिमीलाई एक नजर देख्दा, दिन पनि रमाउँछ। ❤️बोली तिम्रो महभन्दा मीठो, नजरमा छ नशा,
तिमी हाँस्दा फूलझैँ फुल्छ, मनभित्रको आशा। 🌹
नजिक नभए पनि तिम्रै यादले सताउँछ,
तिम्रो एउटा मिठो बोलीले, हजार पीडा भुलाउँछ। 💞
रूपको घमण्ड छैन मलाई, मनको सुन्दरता चाहिन्छ,
माया साँचो गर्ने मान्छे, जीवनभर साथ चाहिन्छ। ❤️न धन चाहियो, न महल चाहियो, न चाहियो सुनको हार,
मनैदेखि माया गर्ने भेटियोस्, त्यही हो साँचो संसार। 🌹
मोहनी लगाउने कला त आँखाको इशारामा छ,
मन जित्ने असली शक्ति त मिठो व्यवहारमा छ। 😘❤
2026-10-18 14:51:52