@sana30676: सबैभन्दा पहिले, मैले बोलेका शब्दहरूले कसैको मन दुखेको भए हृदयदेखि माफी चाहन्छु। 🙏 कसैलाई चोट पुर्याउनु मेरो उद्देश्य थिएन। मैले भन्न खोजेको यति मात्रै थियो कि मैले गरेका सबै प्रयास, त्याग र मिहिनेत व्यर्थ भए, तिनको कुनै मूल्य नै रहेन। तर भनिन्छ नि, कहिलेकाहीँ आफूले खनेको खाल्डोमा आफैँ पर्नुपर्छ रे। आज त्यस्तै हुन पुग्यो। गल्तीले बोलेका केही शब्दहरूले अरूको होइन, आफ्नै वास्तविकता र औकात देखाइदियो आफैँलाई प्रश्न . **तँ आखिर को नै होस् र? *आफूलाई के सम्झन्छस्? *तँसँग छ नै के? *तँमा त्यस्तो के छ र?** *के सोच्छस तैले आफुले आफूलाई ? यी प्रश्नहरूले मलाई भित्रैदेखि तोडिदिए। भित्रभित्रै म जिउँदो लास बनेको छु। 😭🥀 मलाई माफ गरिदिनुहोला। तपाईंहरूलाई दिने मसँग कुनै जवाफ छैन। आफ्नो पीडा शब्दमा व्यक्त गर्न खोज्दा झन् आफैँ दोषी बनेँ। अन्त्यमा एउटै कुरा भन्छु— म साँचो थिएँ, त्यसैले सायद यो स्वार्थी दुनियाँसँग हार्न पुगेँ। 🙏😭#sanaxeetri♥️ #reality #life #nevercomeback #goodbye