@daniyel375: चर्चमा प्रार्थना गरिरहेका पादरीमाथि ठुलो क्रस खस्यो, घटनास्थलमै मृ`त्यु इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा प्रार्थना सभा सञ्चालन गरिरहेका पादरीमाथि भित्तामा राखिएको विशाल काठको क्रस खस्दा उनको मृत्यु भएको छ। मृतक पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेको पुष्टि गरिएको छ। पर्पेचुओ सोकोरो चर्चमा प्रार्थना सभा सञ्चालन भइरहेका बेला पछाडिको भित्तामा राखिएको क्रस अचानक खसेको थियो। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको र घटनाको दृश्य प्रसारणको करिब २७औँ मिनेटमा देखिएको बताइएको छ। क्रस खसेपछि चर्चमा उपस्थित मानिसहरू आत्तिएका थिए। ग्वायाकिलको आर्कडायोसिसले विज्ञप्ति जारी गर्दै पादरी मोलिनारीको निधनप्रति दुःख व्यक्त गरेको छ। उनी मोस्ट होली रिडिमर धार्मिक समुदायका सदस्य थिए। उनको निधनपछि स्थानीय धार्मिक समुदाय तथा सामाजिक सञ्जालमा शोक व्यक्त गरिएको छ। #Ecuador #Church #@highlight क्रस खस्नुको कारण र त्यसलाई भित्तामा जडान गरिएको संरचनाको अवस्थाबारे भने आधिकारिक विवरण सार्वजनिक भएको छैन।