देबकि :
सायद मेरो पनि केही भएको भए, आज यी मध्यरातहरू यति निर्दयी लाग्ने थिएनन्। एक्लो कोठाको कुनामा बसेर आँसु पुछ्नुपर्दैन थियो होला। बाहिरबाट म सामान्य देखिन्छु, हाँसिरहेको पनि देखिन्छु, तर भित्र भने म दिनदिनै चुपचाप भाँचिँदै गएको छु। मेरो मनको चिच्याहट कसैले सुन्दैन, किनकि सबैलाई मेरो मौनता मजाक जस्तो लाग्छ। म कति थाकिसकेको छु, कति पटक आफूभित्र मरेको छु भन्ने कुरा मलाई थाहा छ। म प्रेममा हारेँ, भरोसामा हारेँ, अझै सपनासँग पनि हारेँ। जिन्दगीले यति धेरै चोट दियो कि अब पीडासँग पनि बानी परिसकेको छ। कहिलेकाहीँ लाग्छ, म मानिसहरूको भीडमा भए पनि भित्रबाट पूर्ण रूपमा एक्लो छु। भविष्यको कल्पना गर्दा पनि डर लाग्छ, किनकि हरेक बाटो अधुरो जस्तो देखिन्छ। मैले चाहेका मानिसहरू टाढा भए, मैले बनाएका सपना टुक्रिए, अनि अन्तिममा आफूलाई नै गुमाएँ। राति सबै सुतिसकेपछि, मेरो मनभित्रका घाउहरू झन् बल्झिन्छन्। आँखा रसाउँछन्, तर कसैलाई थाहा हुँदैन म किन चुपचाप टुटिरहेको छु भनेर। म अरूका लागि सामान्य मान्छे होला, तर आफैभित्र भने एकदमै थाकेको, हराएको र अधुरो मानिस हुँ। शायद मेरो भागमा प्रेमभन्दा बढी पीडा नै लेखिएको रहेछ। त्यसैले अहिले त यस्तो लाग्छ म बाँचेको छु, तर मेरो मन धेरै पहिले नै मरिसकेको छ।
2026-10-23 06:38:24