@tori_lahure_official123: दुग्ध विकास संस्थान (डीडीसी) ले दसैँ–तिहारलाई लक्षित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा थप १ हजार ५०० किलो घिउ र १५० किलो याक चिज निर्यात गरेको छ। यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारबाट सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले थप उत्पादन पठाएको हो। दुबईका तीन स्थानमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत यी उत्पादन बिक्री भइरहेको जनाइएको छ। डीडीसीले बजारको माग र ग्राहकको प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना बनाएको छ। नेपाली घिउको प्याकेजिङ नेपाली, अंग्रेजी र अरबी भाषामा उपलब्ध छ। संस्थानले यसअघि जापानलगायतका देशमा पनि घिउ निर्यात गरिसकेको छ। नेपाली दुग्धजन्य उत्पादनलाई विदेशी बजारमा स्थापित गर्ने प्रयासले निर्यात विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। #creatorsearchinsights #dashain_special #ddcproduct #nepaluae🇳🇵🇦🇪 #ddcgheeinuae