@fingernewsnepal6: 🌏 सङ्कटमा इन्डोनेसिया: अझै नियन्त्रणमा आएन डढेलो, छिमेकी देशहरूमा पनि हाहाकार! इन्डोनेसियामा डढेलोले थप उग्र रूप लिँदै गइरहेको छ। सेप्टेम्बरको अन्त्यसम्ममा करिब १९ लाख २० हजार हेक्टर जमिन जलिसकेको छ भने लाखौँ 'हटस्पट' हरू अझै सक्रिय छन्। डढेलोबाट निस्किएको बाक्लो धुवाँ (Haze) का कारण मलेसिया र सिंगापुरमा वायु प्रदूषण अत्यधिक बढेको छ, जसले गर्दा हवाई उडानहरू समेत प्रभावित भएका छन्। पाम आयल खेतीका लागि जङ्गल फँडानी गर्ने र आगो लगाउने मानवीय लापरवाहीका कारण यो विपत्ति झन् चुलिएको विज्ञहरू को भनाई छ। #IndonesiaFire #Wildfire #SouthEastAsia #NewsUpdate #NepaliNews