@aayushofficial.1: दार्चुलाको अति दुर्गम व्याँस गाउँपालिका–४, सुन्सेरा स्थित चिलघोले मन्दिरसम्म पहिलो पटक माहाकाली यातायात प्रा.लि.को बस पुगेको छ। निर्माणाधीन दार्चुला टिंकर सडक हुँदै बस पहिलो पटक सुन्सेरा पुगेपछि स्थानीयवासीले भव्य स्वागत गर्दै खुसी व्यक्त गरेका छन्। ❤️🙏 यो केवल बसको आगमन मात्र होइन, व्याँस बासीको वर्षौँ देखिको यातायात सुविधा प्रतिको आशा र सपनासँग जोडिएको ऐतिहासिक क्षण हो। अब सडक स्तरोन्नति र नियमित यातायात सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जाओस्।व्याँसको विकास र समृद्धिको यात्रा अघि बढोस्! #byans #sunsera #darchula #mahakali #jgass