@tori_lahure_official123: बाढीका कारण केही जलविद्युत् आयोजना प्रभावित भए पनि नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारतमा बिजुली बेचेर ५ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् निर्यात गरिएको हो। भारतका हरियाणा र बिहारमा द्विपक्षीय सम्झौताअन्तर्गत तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिजुली बिक्री गरिएको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। यसैबीच, बाढीले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट नयाँ अनुमति पाएपछि सोलु, काबेली–ए र तल्लो मोदी आयोजनाको बिजुली पनि बंगलादेश र हरियाणातर्फ निर्यात गर्न सकिने भएको छ। भारतले थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति दिएसँगै त्यहाँ निर्यात गर्न स्वीकृत नेपालको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ। #creatorsearchinsights #hydropowernepal #exportelectricity #exportofelectricity #nepalindia