@mithlesh.official10: भन्सार छलिको चिनी नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी माथिनै हातपात इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोरा भन्दा बढी चिनी सिटिसफारिको डिकिमा लुकाएर लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उक्त चिनी नियन्त्रणमा लिएको छ भने व्यवसायी महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिए ।