@kumarkhadka452: कर्णालीको काख, सुन्दर हुम्लाको आँगनमा आज जनश्रमदानका नायक हर्क साम्पाङज्यूको आगमन भएको छ! हर्क साम्पाङज्यू जस्तो कर्मवीर, ऊर्जाशील र स्पष्टवक्ता नेतालाई आफ्नो माटोमा स्वागत गर्न पाउँदा आज सम्पूर्ण हुम्ली जनताको मन खुसीले गद्गद भएको छ। उहाँको हुम्ला भ्रमणले त्यहाँका जनतामा नयाँ आशा, नयाँ उत्साह र विकासको एउटा वेग्लै तरङ्ग ल्याइदिएको छ। धन्यवाद हुम्ली दाजुभाइ तथा दिदीबहिनीहरू! तपाईंहरू साँच्चै भाग्यमानी हुनुहुन्छ, जसले हर्क साम्पाङज्यूलाई हुम्लाको पवित्र भूमिमा भित्र्याएर उहाँको सादगी र कर्मप्रतिको निष्ठालाई नजिकबाट महसुस गर्ने अवसर पाउनुभयो। हुम्ला र हुम्ली जनताको यो आतिथ्यता र प्रेम सधैँ स्मरणयोग्य रहनेछ! #HarkaSampang #HumlaVisit #Humla #Karnali #WelcomeToHumla