@maaya.saaya: धन्यवाद, तिमीले मेरो आँसु याद गरेनौ। नत्र मैले पनि तिमीलाई झूट बोल्नुपर्थ्यो—म ठीक छु भनेर। विडम्बना, तिमी मसँगै हुँदा पनि म तिम्रै लागि रोइरहेको थिएँ, अनि तिमीलाई थाहा नहोस् भनेर आफ्नै पीडासँग लडिरहेको थिएँ। तिमी मेरो छेउमै थियौ, तर मेरो मनको दुःख तिमीसम्म पुग्ने बाटो कतै हराइसकेको थियो। 💔 तिमी र म, सँगै यात्रा र त्यो अँध्यारो बाटो। मनले यात्रा नसकिएको भए हुन्थ्यो भन्दै थियो। मनभित्र तिम्रै याद र पीडा बोकेर हिड्दै थिएँ। अनि आँखाहरू भने आँसुले भरिएका थिए। र ती आँसुहरूले बाटो धमिलो बनाइरहेका थिए, अनि त बाटो चिन्न गाह्रो भइरहेको थियो। #Memories #ForyoU my #Dear