@malika_amind: #coffee #fyp #fypシ #relatable #goviral

Malika
Malika
Open In TikTok:
Region: US
Wednesday 28 October 2026 16:33:15 GMT
127
9
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @malika_amind, please go to the Tikwm homepage.

Other Videos

#एउटा बदला, दुई अविस्मरणीय जित र दोहोरिएको उत्सवको कथा! 🔥 क्रिकेटमा केही संयोग यस्ता हुन्छन्, जसले खेललाई केवल जित र हारमा सीमित राख्दैनन्, त्यसलाई एउटा अविस्मरणीय कथामा बदलिदिन्छन्। विराटनगर किंग्स र कर्णाली याक्सबीचको पछिल्लो खेल पनि त्यस्तै एउटा कथा बनेको छ। ठ्याक्कै एक वर्षअघि, एनपीएलको अघिल्लो संस्करणमा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको थियो। एक समय ६५/५ को अवस्थामा पुगेपछि विराटनगरको जितको आशा लगभग समाप्त भएको थियो। तर, बसिर अहमदले अविजित ६२ रनको आक्रामक इनिङ्स खेल्दै असम्भवजस्तै देखिएको जित सम्भव बनाए। विजयी छक्का प्रहार गरेपछि बासिर ब्याट उचाल्दै मैदानमा दौडिएका थिए भने अर्को छेउमा कप्तान सन्दीप लामिछाने पुशअप गर्दै खुसी मनाइरहेका थिए। समयले ठ्याक्कै एक वर्षपछि उस्तै दृश्य दोहोर्‍यायो, तर यसपटक कथा लेख्ने पालो कर्णालीको थियो। विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ५७/५ को कठिन अवस्थामा पुगिसकेको थियो। हारको सम्भावना बलियो देखिएको त्यही क्षण सोमपाल कामीले अविजित ६२ रनको अविश्वसनीय इनिङ्स खेल्दै कर्णालीलाई सनसनीपूर्ण जित दिलाए। विजयी रन पूरा भएपछि सोमपालले ब्याट उचाल्दै मैदानमा दौडिए भने अर्को छेउमा गुलशन झाले पनि ठ्याक्कै एक वर्षअघिको सन्दीपकै शैलीमा पुशअप गर्दै खुसी मनाए। यो केवल एउटा जित थिएन, एक वर्षअघि भोगेको नमिठो हारको जवाफ पनि थियो। कर्णालीले त्यो हार बिर्सिएको थिएन। सम्भवतः त्यो क्षण, त्यो उत्सव र त्यो पीडा कतै मनमा साँचेर राखेको थियो। यसपटक सोमपाल र गुलशनको उत्सवले विराटनगरलाई पुरानो दृश्यको याद मात्र दिलाएन, कर्णालीले आफ्नो हिसाब चुक्ता गरेको अनुभूति पनि गरायो। झन् रोचक संयोग के भने, एक वर्षअघि विराटनगरलाई जिताउँदा बसिर अहमदले ६२ रन बनाएका थिए भने यसपटक कर्णालीलाई जिताउँदा सोमपालको स्कोर पनि अविजित ६२ रन नै रह्यो। दुवै खेल १९.५ ओभरमै टुंगिएका थिए। एउटै प्रतिद्वन्द्वी, उस्तै कठिन परिस्थिति, उस्तै व्यक्तिगत स्कोर र उस्तै उत्सव! क्रिकेटमा यस्ता संयोग विरलै देख्न पाइन्छ। यी दुई खेलले विराटनगर र कर्णालीबीच एउटा नयाँ प्रतिस्पर्धात्मक सम्बन्धको सुरुवात गरिदिएका छन्। अब यी दुई टोली आमनेसामने हुँदा दर्शकले खेल मात्र होइन, एक वर्षअघिका ती दृश्य र अधुरा हिसाबहरूको कथा पनि सम्झिनेछन्। एनपीएललाई अझ रोमाञ्चक बनाउने यस्तै कथा र प्रतिद्वन्द्विता हुन्। अब अर्को भेटको प्रतीक्षा रहनेछ! 🔥 #NPLSeason3 #KarnaliYaks #BiratnagarKings #SompalKami

About