@nagariksewa: टैरो कार्ड रिडर तथा प्रस्तोता दीपिका देवकोटाले नकारात्मक ऊर्जा र ‘नजर’ लाग्नबाट जोगिन आफू जहाँ जाँदा पनि सधैँ सर्स्युँ (तोरी) र सुकेको रातो खुर्सानी साथमै लिएर हिँड्ने गरेको रोचक खुलासा गरेकी छिन्। सूत्र टीभीमार्फत प्रसारित कार्यक्रम ‘टैरो विथ दीपिका’मा अभिनेत्री तथा उद्यमी श्वेता खड्का र सञ्चारकर्मी उत्सव रसाइलीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएकी हुन्। कार्यक्रममा नकारात्मक ऊर्जा, नजर लाग्ने समस्या र त्यसबाट जोगिने उपायबारे चर्चा गर्दै देवकोटाले मानिसहरूलाई पत्यार नलागे पनि आफूले यसलाई नियमित पालना गर्ने गरेको बताइन्। उनले भनिन्, “नजरबाट बच्नका लागि यो एकदमै राम्रो उपाय हो। मान्छेले यो कुरा सुन्दाखेरि हाँस्लान्, कसैले विश्वास नगर्लान्। तर सधैँ आफूसँग हिँड्दा सर्स्युँ र तीनवटा सुकेको रातो खुर्सानी बोकेर हिँड्नुपर्छ। म जहाँ जाँदा पनि त्यति बोकेरै हिँड्छु।” यसरी सधैँ खुर्सानी बोकेर यात्रा गर्दा विमानस्थलमै सुरक्षा जाँचमा परेको रमाइलो तथा अनौठो अनुभव पनि उनले सुनाइन्। उनले थपिन्, “एकपटक त म एयरपोर्ट जाँदा सुकेको खुर्सानी बोकेका कारण सेक्युरिटी चेकिङमै मेरो ब्यागबाट सुकेको खुर्सानी निकालिदिएका थिए।” उनका अनुसार सर्स्युँ र रातो खुर्सानी साथमा राख्दा नकारात्मक शक्ति वा अरूको कुदृष्टि (नजर) आफूमा पर्न पाउँदैन। कुराकानीका क्रममा देवकोटाले भीडभाडमा जाँदा मानिसलाई नजर लागेको कसरी थाहा पाउने भन्ने लक्षणहरूबारे पनि प्रकाश पारिन्। जब मानिसलाई नजर लाग्छ, एक्कासि जीउ तात्ने, जोरो आउला जस्तो हुने, लगातार हाई-हाई आउने, आँखाको परेला बाङ्गो हुने र शरीर अत्यधिक भारी हुने जस्ता समस्या देखिने उनको दाबी छ। यसका अलावा घरमा एक्वेरियम राखेर माछा पाल्दा वा कुकुरलाई खाना खुवाउँदा पनि नकारात्मक ऊर्जा नष्ट हुने उनले बताइन्। नजर र नकारात्मक ऊर्जा पूर्ण रूपमा पन्छाउन उनले घरेलु विधि सुझाउँदै भनिन्, “राति ९ बजेपछि सर्स्युँ, पाँच वा सातवटा सुकेको खुर्सानी र कपुरलाई धुपौरोमा बालेर टाउकोदेखि खुट्टासम्म घडीको उल्टो दिशा (एन्टि-क्लवाइज) सात वा २१ पटक घुमाउनुपर्छ। त्यसपछि त्यसलाई घरबाहिर लगेर दोबाटोमा फाल्ने र पछाडि फर्केर नहेरी सिधै आउने गर्नुपर्छ। यस्तो प्रक्रिया लगातार २१ दिनसम्म गर्दा नकारात्मक ऊर्जा हट्छ।”
nagariksewa
Region: NP
Thursday 29 October 2026 02:20:40 GMT
Music
Download
Comments
Amrita Pandey :
sarsuiim vneko k ho
2026-10-29 04:20:03
3
RATINA🇳🇵 :
🤣🤣 म त दैनिक १टा खुर्सानी खाएरै हिड्छु
2026-10-29 12:01:53
5
bishal :
म त फुल लिएर हिँड्छु।😂😂😂
2026-10-29 13:56:12
0
Anjoo arns✨👣🍀💎 :
pahila ma ni bokthe sano ma ahile yad hudaina bokni vanxu birsinxu
2026-10-29 04:21:30
3
DuरgA MoगRनि🔱📿🙏🌺 :
म पनि बोक्ने गर्छु।
2026-10-29 04:13:21
4
💙Newarnii💙 :
pasal ko lage pane yo upaya huncha
2026-10-29 12:23:58
1
tara kunwar :
sahi satya kura [Embarrassed]
2026-10-29 09:49:03
0
🍻 :
cooker pan pani lagnusa
2026-10-29 08:11:41
0
Kalyan Devkota :
दुबै परेला को बिचमा गाॅजल को टिका लगाईदीनुॅ नजरै लाग्दैन मलाईनी नजर त लाऊछॅन तर म वास्तै गर्दीन
2026-10-29 11:41:55
1
ydv रितिका यदुवंशी 🙏🙏🙏🇳🇵 :
AK dam Shai ho 🙏🙏🙏
2026-10-30 00:33:02
0
Darshan :
औरा मजबुत हनुपर्छ..... अरु तपसिल हुन्....... धड्कन..... ढुक्क छ......... अर्थात् डरको level o% छ भने.......... बाटो छेकि बसेको मसान पनि..... बाटो मोडेर हिड्छ........ negative energy हरुले...... तपाईको power को judgment.......... heartbeat लाई feel गरेर गर्छ..... किनकि येस्को frequency...... sub- conditions mind संग connected हुन्छ
2026-10-29 14:37:28
1
Anupam Limbu :
ma jasto naramro lai kasaiko najar lagdaina kei bokera hinnai parena hai.
2026-10-29 14:41:29
0
kamalakhatri9846080979 :
ramro
2026-10-29 14:45:24
0
Moptimestic Kingfisher😎😎 :
gud
2026-10-29 05:12:31
0
⚜️💎 रत्न 💎⚜️ :
2026-10-29 18:32:34
0
Bikash Shah :
म आफै कुनै केटी मेरो बाटो न काटोस भनेर गंगा जल बोतल मा राखेर हिदछु
2026-10-29 09:29:23
0
Om sai mobile pasal and tent :
Om
2026-10-29 09:19:59
0
संखर भक्त 👁️👃👁️🌹🌹🌹🙏🙏 :
ढुलाे काम आउन्छ ❣️
2026-10-29 03:47:55
2
ओक्खर बोटे :
बरु थोरे भए पनि खाएर निस्कनुस भुत प्रेत ज्यान भित्र पस्न सक्दैन
2026-10-29 06:35:10
3
💞🕉️💞♏🅰️💞 :
खुर्सानी व्यापारीलाई त कसैको नजरै लाग्दैन होला।
2026-10-29 04:20:25
5
Harek Paila :
छोरा मान्छेले त जन्मिदै खुर्सानी बोकेर आएको हुन्छ। छोरी मान्छेले मात्रै हो खुर्सानी बोक्नुपर्ने😁
2026-10-29 08:31:19
1
🦋m0grnii8🥀x0rii8🦋 :
नेपाली😏
2026-10-30 02:31:58
0
राम बिके "म नेपाली" :
😂😂😂
2026-10-29 04:15:27
2
Simol :
[Red heart][Red heart][Red heart][Pray][Pray][Pray]
2026-10-29 03:37:15
1
Chhiring Lama493 :
😂😂😂
2026-10-29 04:20:51
0
To see more videos from user @nagariksewa, please go to the Tikwm
homepage.