@rameshnath115: चीनमा श्रीमानले कसिलो अँगालो हाल्दा एक महिलाका पाँच वटा करङ भाँचिएका छन् भने अर्को करङमा चिरा परेको छ। सामान्य अँगालोका क्रममा गम्भीर चोट लागेपछि घटना चर्चामा आएको हो। चिनियाँ सञ्चारमाध्यमका अनुसार जियाङ्सु प्रान्तमा आइतबार एक पुरुषले श्रीमतीलाई चिसो लागेको बताएपछि माया व्यक्त गर्न अँगालो हालेका थिए। तर, अँगालो हाल्ने क्रममा महिलाको छातीमा चोट लाग्यो। उनलाई तत्कालै दुखाइ भएपछि बस्नुपरेको थियो भने पीडाका कारण उठ्नसमेत सकिनन्। श्रीमानका अनुसार अँगालो हाल्दा हड्डी भाँचिन सक्छ भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। आफूले सामान्य बल प्रयोग गरेको ठानेका उनले यस्तो गम्भीर चोट लागेपछि दुःख व्यक्त गरेका छन्। श्रीमतीलाई चोट पुर्याउने आफ्नो उद्देश्य नरहेको उनले बताएका छन्। महिलाले रातभर दुखाइ सहेर बसेपछि भोलिपल्ट बिहान अस्पतालमा जाँच गराएकी थिइन्। छातीको सिटी स्क्यान गर्दा पाँच वटा करङ भाँचिएको र अर्को करङमा चिरा परे#चीनमा