@gorakshya_yatra: ओ ! हिन्दुराष्ट्र !! नेपाल !!! तेरो मुख हेरेर 'ॐ गौः संस्कृतम्' भन्ने विश्वका कोटि-कोटि अर्बुदार्बुद हिन्दुहरु आफ्नु शिर ठाडो पार्छन् । 'आत्म खलु विश्वमूलम' भनेर विश्वलाई आत्मा ठानेर, 'वेदोऽखिलो धर्ममूलम्' भनेर वेदलाई विश्व मानव धर्मको मूल मानेको हुनाले तँलाई विश्वले हिन्दुधर्मको एकताको केन्द्र हिन्दु मानेको हो । परको ध्यान न राखेर विवेकहीन भयेर आज तैले हिन्दुत्व त्यागिस भने भोली तँलाई कसैले पनि मान्ने छैन । तेरो अस्तित्व पनि रहने छैन । साथै विश्वव्यापक अर्बौँ हिन्दुहरुको पनि अस्तित्व मेटिने छ । सो जानी ऐतिहासिक आदर्श पूर्वजहरुको 'हिन्दु हंवीर - असिल हिन्दुस्थाना - जम्बूद्वीपका हिन्दु नामा एक' - भन्ने इतिहासका सुनौला पानामा कालो मोसो घसिनछ । सगरमाथा झुक्नेछ । हिन्दु जाति सदाका लागि समाप्त हुनेछ । मनुका पालादेखि अटल रहि आयको कैलासकूटको मुकुट पार मेटिने छ । सावधान ! उहि योगी नरहरिनाथः तथा समस्त हिन्दुहरु