@mukundashah: साउदी अरबमा रचना रिमालले आफ्ना अङ्कललाई सबैको सामु चिनाउँदै भनिन्, “मेरो कान्छा अङ्कल साउदीमा धेरै वर्षदेखि हुनुहुन्छ। मेरो कार्यक्रममा आइदिनुभएकोमा धेरै–धेरै धन्यवाद अङ्कल।” रचना रिमाल त्यत्तिकै सबैको मनमुटुमा बस्न सफल भएकी रहिनछिन्। उनको गायकीसँगै आफन्तप्रतिको माया, सम्मान र विनम्रता पनि प्रशंसनीय छ। अहिलेका गायक–गायिकाहरूले रचना रिमालबाट सिक्नुपर्ने कुरा उनको गायकी मात्र होइन, आफ्ना आफन्तलाई सम्मान गर्ने संस्कार पनि हो।