@ansarimajid117: न्यायपालिकालाई प्रभावित पार्न खोजेको बिचौलिया भनिएका इनम सापकोटाले सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिप्रसाद फुयाँललाई गरेको मेसेजमा ... PM (प्रधानमन्त्री?) ज्यूले यसलाई गम्भीरतापूर्वक भन्नुभएको छ... खारेज नै गरिदिनुहोला है त हजुर ... भन्ने समेत व्यहोराको मेसेजको फोटो सञ्चार माध्यम मार्फत सार्वजनिक भएको सम्बन्धमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्रीकान्त पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मिति २०८३।५।१७ गते सुनुवाई र आदेश भएको भन्ने उल्लेख गरेकोबाट पनि मिति २०८३।५।१७ गते उक्त मेसेजमा भनिएको PM अर्थात् (सम्भवतः भन्न खोजेको हुनसक्ने) प्रधानमन्त्री वालेन्द्र शाह नै भएको विषयकोे छलफल र विश्लेषणको पाटोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी दलहरू सहित मिडियाहरु पनि लगभग मौन हुनु स्वाभाविक देखिँदैन ।