@sahpradip275: #🌧️ दुई दिनदेखिको लगातार वर्षाले टीयू क्रिकेट मैदान जलमग्न! लगातारको वर्षाका कारण टीयू क्रिकेट मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ। मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै पसेपछि मैदान पूरै जलमग्न बनेको छ। यसले गर्दा आजको खेल हुने सम्भावना निकै कम देखिएको छ भने भोलि पनि खेल सञ्चालन गर्न कठिन हुने देखिन्छ। #NPL #Rain