@hometownhetauda25: लामो समयको वर्षापछि आजको हेटौँडा... ❤️ कहिलेकाहीँ वर्षाले प्रकृतिलाई यति सुन्दर बनाइदिन्छ कि, आफ्नै सहरसँग फेरि एकपटक प्रेम बस्छ । निरन्तर झरीले धोएर सफा बनाएको सहर, बादलको सेतो घुम्टोभित्र लुकेको हेटौँडा अनि वरिपरि मुस्कुराइरहेका हरिया पहाडहरूको सुन्दर दृश्यहरू हेर्दा यो कुनै सपना भन्दा कम छैन । हाम्रो सुन्दर हेटौँडा, जहाँ बादल पनि सहरको सौन्दर्य हेर्न धर्तीमै झरेझैँ लाग्छ । माथि निलो आकाश, तल बादलको चादर र बीचमा आफ्नै सुन्दर हेटौँडा । न्यानो मौसम, शान्त वातावरण, मनोरम दृश्यले सजिएको हेटौँडा साँच्चै सुन्दर छ । #HometownHetauda