@tori_lahure_official123: डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन् । कैदीहरूले कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीसहितको टोली कारागार पुगेको छ । चार मिटर ६३ सेन्टीमिटर लामो सुरुङ खनेर आठ जना भागेको डिएसपी गिरीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने उनको भनाइ छ । फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० निवासी जबरजस्ती कर`णी मुद्धाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ घर भएका जबरजस्ती कर`णी मुद्धाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी–४ घर भएका जबरजस्ती क`रणी मुद्धाका धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका ५ घर भएका जबरजस्ती क`रणी मुद्धाका रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका १ घर भएका जबरजस्ती क`रणी मुद्धाका यज्ञ बिक र जाजरकोटको नलगाड नगरपालिका ९ घर भएका चोरी मुद्धाका कैलाश भन्ने कपिल परियार रहेका छन् । त्यसैगरी पुर्पक्षको लागि थुनुमा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका चोरी मुद्धाका तिलक भण्डारीर आठबिसकोट नगरपालिका–३ घर भएका चोरी मुद्धाका आदेश भण्डारी रहेका छन् । घटनाबारे कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले कारागारबाट आठजना कैदी फरार भएको पुष्टि गरे । उनले प्रमुख जिल्ला अधिकारी र डोल्पाका प्रहरी प्रमुख गिरी घटनास्थलमा पुगेकाले थप विवरण केही समयमा आउने जानकारी दिए । #creatorsearchinsights #dolpakaragar #dolpajail #kaidifarar #dolpakaragarnews