@ctnewsnepal: तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीमाथि ट्राफिक प्रहरीको कारबाही तीव्र! चाडपर्वको मौका छोपेर यात्रुसँग मनपरी भाडा असुल्ने सार्वजनिक सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ। १ हजार २०० रुपैयाँ भाडा लिनुपर्ने स्थानमा यात्रुसँग १ हजार ५०० रुपैयाँ असुल गरेपछि एक सवारी कारबाहीमा परेको छ। चाडपर्वका बेला घर फर्किने यात्रुलाई बढी भाडा लिएर दुःख दिने चालक तथा सार्वजनिक यातायात सञ्चालकमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ। यात्रुलाई तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न र कसैले बढी भाडा मागेमा ट्राफिक प्रहरीमा उजुरी गर्न आग्रह गरिएको छ। तपाईं पनि बढी भाडा असुलीमा पर्नुभएको छ? #TrafficPolice #Overcharging #PublicTransport #NepalNews #CTNews #यात्रुसुरक्षा