@codedreamlp.trnh: Cách leo bậc cầu thang thông minh #laptrinhthidau #Codedream #python #codedreamer #tinhoctre #toptrending #C++

Code Dream - Lập Trình Thi Đấu
Code Dream - Lập Trình Thi Đấu
Open In TikTok:
Region: VN
Sunday 01 November 2026 12:30:00 GMT
153
6
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @codedreamlp.trnh, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि दुई दिनसम्म आफ्नै घरमा राखेको प्रहरी उच्च स्रोतले दाबी गरेको छ। सेतोपाटीका अनुसार मोबाइलको लोकेसन ट्र्याक गर्दा ती फोन बेनको ज्वागलस्थित घरमा रहेको पाइएको थियो। मोबाइल प्रहरीलाई फिर्ता गरेपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटाइएको देखिएको स्रोतको भनाइ छ। मोबाइलमा बेन र सापकोटाबीच केही महिनादेखि कुराकानी भएको विवरणसमेत भेटिएको प्रहरी स्रोतको दाबी छ। तीमध्ये गएको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट अनन्तराज घिमिरेलाई रास्वपाको उम्मेदवार बनाउन सापकोटाले बेनसँग सिफारिस गरेको सन्देश पनि रहेको बताइएको छ। सार्वजनिक भएका केही स्क्रिनसट बेनले मोबाइल आफूसँग राखेकै बेला लिएको स्रोतको दाबी छ। यस विषयमा सेतोपाटीले बेनसँग प्रतिक्रिया माग्दा उनले स्पष्ट जवाफ दिन चाहेनन्। उनले आफूले जे भने पनि सञ्चारमाध्यमले आफ्नै हिसाबले समाचार लेख्ने भन्दै प्रतिक्रिया दिएका थिए। उनले प्रहरी स्रोतका दाबी स्वीकार वा अस्वीकार भने गरेनन्। यसअघि सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको सम्पर्क र कुराकानीका विवरण सार्वजनिक भएका थिए। फुयाँलले सापकोटाले आफूलाई प्रधानमन्त्रीको मानिस भनेर चिनाएको र प्रधानमन्त्रीसँग पहुँच रहेको दाबी गर्दै आफू तथा अन्य न्यायाधीशलाई महाअभियोग नलाग्ने आश्वासन दिएको बताएका थिए। सापकोटाले मुद्दामा चासो राख्दै दबाब दिन थालेपछि आफूलाई शंका लागेको उनको भनाइ थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको सम्पर्क र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्धबारे अनुसन्धान गर्ने क्रममा सापकोटा असोज १४ गते पक्राउ परेका थिए। उनीमाथि सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले बरामद गरेको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नियन्त्रणमा कसरी पुग्यो र त्यस अवधिमा मोबाइलमा के गतिविधि भए भन्ने विषयले अनुसन्धानको निष्पक्षता तथा डिजिटल प्रमाणको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सापकोटासम्बन्धी विवरण निरन्तर सञ्चारमाध्यममा सार्वजनिक भइरहँदा प्रहरीभित्रै सूचना चुहाउने र प्रभाव जमाउने प्रतिस्पर्धा रहेको संकेतसमेत देखिएको छ। #creatorsearchinsights #kumarben #balenshah #inamsapkota #mobilecase

About