@rajdahal885: ठूलो घर, राम्रो जागिर, महँगो गाडी र अर्काको धनसम्पत्तिसँग कहिल्यै आफ्नो जीवनको तुलना नगर्नुहोला। जिन्दगीको कुनै भर हुँदैन। आज हामीसँग भएको धनसम्पत्ति भोलि खरानी हुन कति पनि समय लाग्दैन। त्यसैले अरूको देखासिकीमा लागेर ठूलो घर, महँगो गाडी र अत्यधिक ऋणको बोझ बोक्ने गल्ती नगर्नुहोला। विशेषगरी अमेरिकामा आफ्नो आम्दानीअनुसारको जीवनशैली अपनाउनुहोस्। आफ्नो क्षमताभन्दा ठूलो सपना देखेर ऋणको दलदलमा नफस्नुहोला।##highlights